०२ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो […]
एनसेलको कर विवाद: सर्वोच्च अदालतमा एकै दिन २ मुद्दाको सुनुवाइ हुँदै
०२ पुस, काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदसम्बन्धी २ मुद्दामाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। ६ वर्षअघि दर्ता भएको र हालैमात्र दर्ता भएको दुई रिट निवेदनको पेसी संयोगले सोमबार एकै दिन परेको हो। दुवै मुद्दा एनसेलको सेयर खरिदको कर विवादका हुन्। ५ वर्षअघि निरज गोविन्द […]
सोमबार सुन-चाँदीको मूल्य कति ?
०२ पुस, काठमाडाैं । आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य स्थिर बनेको छ । आइतबार प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको भाउ सोमबार पनि सोही मूल्यमा कायम छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार २५० […]
‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्रभु बैंकलाई
१६ मंसिर, काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि […]
कुलमानकाे गुनासाे– ‘वनमा गयो वनै राज्य, सडकमा गयो सडक नै राज्य, अनि कहाँ चाहिँ काम गर्नु ?’
१६ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाण्डाै उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताउनुभएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी निकायहरूबीचको समन्वय अभावमा ठूलो र महत्त्वपूर्ण आयोजना बेवारिसे अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उल्लेख […]
दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार
१५ मंसिर, काठमाडौँ । सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा क्षेत्रको विकासका लागि स्विटजरल्याण्ड सरकारले प्रदान गर्ने ६५ […]
कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था : अब धितो भएका ऋणीलाई कालोसूचीमा राख्न नपाइने
१४ मंसिर, काठमाडौँ । अब कर्जा लगानीकर्ता ऋणीको धितो हुँदासम्म कालो सूचीमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० परिमार्जन गर्दै भनेको छ, ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले […]
अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ : अर्थमन्त्री डा. महत
०७ कार्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएकाे अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताउनुभएकाे छ । मध्यपुर थिमि नगरपालिकाले शंखधर साख्वा दिवसकाे अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले हिजोका दिनमा जग्गा र सेयरमा बढी ऋण […]
सुनको भाउमा लगातार वृद्धि, कति पुग्यो ?
०६ मंसिर, काठमाडाैं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँ तोकिएको थियो । यता सोमबार भने छापावाला सुनको भाउ भाउ […]
भारतबाट मूल्य घटेर आउँदा पनि आयल निगमले इन्धनको मूल्य किन समायोजन गरेन ?
०६ मंसिर, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन आनकानी गरेको छ। इन्डियन आयल कर्पोरेशन (आईओसी)ले निगमलाई हरेक १५ दिनमा पठाउने नयाँ मूल्यसूचीको आधारमा नेपालमा पनि इन्धनको मूल्यमा समायोजन गर्ने गरिएको थियो। तर, यो पटक मंसिर १ गते अर्थात् नोभेम्बर १५ तारिखमा नै नयाँ मूल्यसूची पठाएपनि निगमले पेट्रोलियम […]