चीन–अमेरिका व्यापार युद्धमा अप्रत्याशित ब्रेकथ्रु, नयाँ भन्सार दर कति ?
२९ वैशाख, काठमाडौँ । चीन र अमेरिका बीच लामो समयदेखि चलिरहेको व्यापार युद्धमा अप्रत्याशित रुपमा ब्रेकथ्रु आएको छ । दुवै मुलुकले एकअर्काका सामानहरूमा लगाउँदै आएको उच्च भन्सार महसुल ९० दिनका लागि घटाउने सहमति गरेका छन् । स्विट्जरल्याण्डको जेनेभामा भएको घण्टौं लामो व्यापार वार्तापछि सोमबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यका अनुसार, दुवै देशले आफ्नो व्यापारिक सम्बन्धलाई दीर्घकालीन, दिगो र पारस्परिक रूपमा लाभदायक बनाउने प्रतिबद्धता समेत जनाएका छन् । जेनेभामा भएको सहमति अनुसार, अमेरिकाले चिनियाँ सामानमा लगाउँदै आएको कुल १४५ प्रतिशत महसुललाई ३० प्रतिशतमा झार्नेछ भने चीनले अमेरिकी सामानमा लगाउँदै आएको १२५ प्रतिशत…
Read More