Insurance 

बीमा कम्पनीहरुले अब अनिवार्य सम्पत्ति शुद्धिकरण शाखा राख्नुपर्ने

०६ माघ, काठमाडौँ । बीमा कम्पनीहरुले अब अनिवार्य सम्पत्ति शुद्धिकरण शाखा राख्नुपर्ने भएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरणसम्बन्धी परिपत्र समेत तयार पार्ने तयारीमा रहेको छ। नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुले अब अनिवार्य सम्पत्ति शुद्धिकरण शाखा राख्नुपर्ने व्यवस्था लागू गराउन लागिएको हो। बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी…

Read More
Agriculture Main Headlines Travels & Tourism 

आजदेखि पोखरामा दाइँ महोत्सव, अफ सिजन’मा पर्यटकलाई आकर्षण

०६ माघ, काठमाडौँ । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ। पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने सो परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले…

Read More
Automobiles 

एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गतिर आकर्षक शैली भएको डीपल S07L को अनावरण

०५ माघ, काठमाण्डौँ । एमएडब्लू वृद्धिले सोल्टी होटलमा आज आयोजित एक भव्य समारोहमा आफ्नो अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी डीपल S07L सार्वजनिक गरेको छ। नेपालमा ७५० युनिट बिक्रीको प्रभावशाली कोशेढुङ्गा पार गरिसकेको भविष्यमुखि र प्राविधिक रूपमा उन्नत डीपल S07 को अभूतपूर्व सफलतामा निर्मित डीपल S07L ले उन्नत प्रदर्शन, विस्तारित दायरा र अत्याधुनिक सुविधाहरूको साथ विद्युतीय गतिशीलतालाई पुन: परिभाषित गर्ने वाचा गर्दछ। चम्किलो अनावरण कार्यक्रम एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका स्टार ब्रान्ड एम्बेसडर र क्यानका सचिव पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाद्वारा डिपल S07L अनावरण…

Read More
Education Main Headlines 

महानगरपालिकाले हामीलाई पनि सम्झियो : तालिममा सहभागी हुन पाएकोमा खुशी छौँ – शिक्षकहरु 

७२० जनाको क्षमतामा तालिममा ३९७ जना शिक्षक सहभागी ०५ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको शिक्षक तालिममध्ये कक्षा ९ र १० का शिक्षकहरुको तालिम आज सकिएको छ । दरबार स्कूलमा हिजो र आज गरी २ दिन चलाइएको तालिममा गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरु सहभागी गराइएको थियो । तालिममा सामुदायिक विद्यालयका १ सय जना र संस्थागत विद्यालयका ८० जना शिक्षक सहभागी हुनुभयो । उहाँहरुमध्ये २० जना काठमाडौँ महानगरपालिका स्थायी बसोबास भएका शिक्षक हुनुहुन्थ्यो । विषयगत रुपमा हेर्दा सामुदायिक विद्यालयबाट सबैभन्दा धेरै अंग्रेजी र सामाजिक विषयका २२/२२ जना…

Read More
Business Main Headlines Society 

पत्रकार भुसाल वाणिज्य महासंघको सञ्चार तथा अनुसन्धान परामर्शदाता नियुक्त

०५ माघ, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को सञ्चार तथा अनुसन्धान परामर्शदाताको रुपमा पत्रकार तथा उपप्राध्यापक टी.पी भुसाल नियुक्त भएका छन् । अढाई दशकदेखि पत्रकारिता, प्राध्यापन, विभिन्न प्रशिक्षण तथा परामर्शमा संलग्न भुसाल यसअघि नेपाल पर्यटन बोर्डको सञ्चार परामर्शदाताको रुपमा कार्यरत थिए । उनले पर्यटन बोर्डसंगै युएनडीपी र बोर्डको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानको लागि दीगो पर्यटन परियोजना (एसटएिलआरपी) का लागि पनि सञ्चार सहजकर्ताको भूमिकामा रहेर काम गरेका थिए । विभिन्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा रहेर पत्रकारिता गरिरहेका भुसालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मावनशास्त्रमा स्नातकोत्तर तथा अर्थशास्त्र र कानूनमा स्नातक गरेका छन…

Read More
Entertainment 

‘मिसिङः केटी हराएको सूचना’

०५ माघ, काठमाडौँ । पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन्। वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक गौचनले नेपाली चलचित्रमा कमै देखिने मधेशको कथालाई विषय बनाएको बताए। उनले भने, ‘म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ। किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन्। जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु। मैले निर्माण…

Read More
Sports 

यु–१९ महिला विश्वकप आजदेखि : पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

०५ माघ, काठमाडौँ । आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ। आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वपको सुरुवात गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ। विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र…

Read More
ipo Share Market 

दुई कम्पनीको आईपीओ आउँदै

०५ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । साधारण सेयर निष्कासनको अनुमति प्रक्रिया लामो समयदेखि रोकिँदै आएकोमा नियामक निकायले पछिल्लोपटक दुई कम्पनीलाई अनुमति प्रदान गरेको हो । यसरी अनुमति पाउने कम्पनीहरूमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स छन् । दुवै कम्पनीलाई बोर्डले साधारण सेयर बिक्रीको अनुमति दिएको हो । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई २२ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री लागि अनुमति दिएको हो । यही माघ ३ गतेबाट यस्तो…

Read More
Main Headlines Society 

कोपमा गएको टोलीबारे प्रश्न

०४ माघ, काठमाडाैँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले जलवायु परिवर्तनका विषयमा काम गर्न र अन्तर्राष्ट्रियस्तरमा नेतृत्व गर्न व्यवस्थित टोली बनाउन निर्देशन दिएको छ । जलवायु परिवर्तन महासन्धिको पक्षराष्ट्र नेपालले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा व्यवस्थापन र नेतृत्वको शैली संस्थागत नहुँदा काम गर्न कठिन भएको भन्दै समितिले सो निर्देशन दिएको हो । समितिले विश्व जलवायु सम्मेलन (कोप–२९) को समीक्षा र नेपालको आगामी कार्यदिशा विषयमा छलफल गर्न वन तथा वातावरण, अर्थ, ऊर्जा तथा सिँचाइ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीसँग छलफल गर्ने क्रममा सो निर्देशन दिएको हो ।…

Read More
Education Lifestyle Main Headlines 

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

०४ माघ, काठमाडाैँ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्पmको व्यय ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू…

Read More