Health 

बदलिँदो मौसमका कारण घाँटीमा इन्फेक्सन र रुघाखोकी लागे के गर्ने ?

१७ असाेज, काठमाडौँ । केही दिन अघि परेको अविरल बर्षाले मौसम केही बदलिएको छ । मौसम परिवर्तनका कारण याे अवस्थामा घाँटी संक्रमण र रुघाखोकी लाग्न सक्छ । यसबाट बच्न मह धेरै प्रभावकारी र रामबाण उपाय हुन सक्छ। यसलाई केही चिज मिसाएर खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । असाेज महिना लागेसँगै माैसम विस्तारै बदली हुन थालेकाे छ । जसका कारण बिहान र बेलुका हल्का चिसो महसुस भइरहेको छ । दिनमा थोरै तातो तर रातमा चिसो। यस्तो अवस्थामा घाँटीमा इन्फेक्सन र रुघाखोकी जस्ता साना समस्याले समस्या निम्त्याउन सक्छ । तर, यसबाट…

Read More
Health Main Headlines 

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

१५ असोज, काठमाडौँ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो । अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ । बैठकमा बोल्नुहुँदै मन्त्री पौडेलले मन्त्रालयले…

Read More
Health 

के आइसक्रिमले मुड मात्र होइन शरीर र दिमागमा पनि विशेष प्रभाव पार्छ ?

१३ असाेज, काठमाडौँ । आइसक्रिमले हाम्रो मुड मात्र राम्रो बनाउँदैन, यसले हाम्रो शरीर र दिमागमा पनि धेरै प्रभाव पार्छ, तर यसको बढी सेवन गर्नबाट जोगिनुपर्छ, सीमित मात्रामा आइसक्रिम सेवन गर्नु फाइदाजनक हुन्छ । आइसक्रिमको नाम सुन्दा जो कोहीलाई पनि खान मन लाग्छ । भोक लागोस् वा नलागोस्, आइसक्रिम प्राय: खान्छन् । जाडो, गर्मी अथवा वर्षायाम, आइसक्रिम हरेक मौसममा रुचाइन्छ । तर, यसमा चिनी, स्वाद, रङ जस्ता कुरा थपिँदा यसले धेरै रोग निम्त्याउन सक्ने भएकाले यो स्वास्थ्यका लागि राम्रो हुँदैन भन्ने मान्यता पनि छ । तर, हालैका केही अनुसन्धानले आइसक्रिमले हाम्रो…

Read More
Banking Health Main Headlines 

बाल अस्पताललाई निफ्राको ५० लाख

३१ भाद्र, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान् कोइरालालाई हस्तान्तरण गर्नुभएको हो । बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीका साथै नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपानेलगायतका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । बैंकबाट प्रदान भएको रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्य लिई स्थापना…

Read More
Health Main Headlines 

सुरक्षित र नैतिक प्रजनन उपचारमा अग्रसरताका लागि इन्दिरा आईभीएफ नेपालले पायो QAI को मान्यता

२३ भदाै, काठमाडाैं । इन्दिरा आईभीएफ नेपाल आफ्नो असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (ART) सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (QAI) बाट प्रतिष्ठित मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ। यस ऐतिहासिक उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एवम् पारदर्शी प्रक्रियाहरूप्रति इन्दिरा आईभीएफको प्रतिबद्धतालाई बलियो बनाउने छ। अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने गरी उपचार सेवा उपलब्ध गराउने इन्दिरा आईभीएफ, नेपालको समर्पणको प्रमाण स्वरूप QAI प्रमाणीकरण प्राप्त भएको हो। यसबाहेक यसले क्लिनिकको सफलता दरलाई बलियो बनाई उन्नत प्रजनन उपचारहरू प्रदान गर्ने प्रतिबद्धतालाई समेत उजागर गर्छ। बिरामीहरूको लागि यो मान्यता…

Read More