Business Share Market 

२६७६ अंकमा झर्‍यो सेयर बजार, घट्यो कारोबार

२४ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को स्थिर रह्यो । सेक्टरअनुसार उत्पादन १.०६, लगानी ०.७६, तथा फाइनान्स ०.१५ प्रतिशत बढे । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६…

Read More
Business Share Market 

सेयर बजारमा उच्च गिरावट, २७ सयमुनि नेप्से

२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो । बैंकिङ १.८६, विकास बैंक…

Read More
ipo 

पचास अर्बको आइपिओ आउँदै

२३ मंसिर, काठमाडौँ । धितोपत्र बोर्ड नेपाल (सेबोन) ले नयाँ अध्यक्ष पाएसँगै आमसर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) आउने बाटो खुल्ने भएको छ । बोर्डमा अध्यक्ष नहुँदा लामो समयदेखि सर्वसाधारणका लागि आइपिओ जारी गर्न अनुमति माग्दै बोर्ड पुगेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । बोर्डले सबै आवेदकको अनुमतिका लागि प्रक्रिया जारी रहेको जनाएको छ । यसबाहेक छ कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्कासन (एफपिओ) का लागि पनि आवेदन दिएका छन् । बोर्डका अनुसार सबै गरी करिब ४९ अर्ब ४८ करोड ३० लाख रुपियाँ बराबरको ३४ करोड १० लाख एक…

Read More
Share Market 

बजार घट्दा पनि यो साता मूल्य धेरै बढेका १० कम्पनी

२१ मंसिर, काठमाडौं । यो साता सेयर बजार ०.५ प्रतिशत घटेको छ । गत साता २७४८ मा रहेको बजार यो साता २७३४ अंकमा बन्द भयो । समग्रमा बजार साइडवेज ट्रेन्डमा देखिएको छ । यो साता ५ दिन नै कारोबार भएको छ । साताको पहिलो दिन आइतबार ९.९९ अंक घटेको बजार सोमबार १९.९७ र मंगलबार १७.८० अंक बढ्यो । त्यस्तै बुधबार २४.९७ र बिहीबार १५.९३ अंक घट्यो । कारोबार रकम साढे ८ देखि १० अर्बको बीचमा घुमिरहेको छ । आइतबार ८ अर्ब ८३ करोडको कारोबार भएकोमा सोमबार १० अर्ब ५४ करोड,…

Read More
Business Share Market 

सेयर बजार २७३४ अंकमा झर्‍यो, घट्यो कारोबार

२० मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंक (०.५७ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको भयो । व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन् । व्यापार ३.६७ र लाइफ इन्स्योरेन्स ०.७९ प्रतिशत बढे । होटल सेक्टर सबैभन्दा धेरै ३.६३ प्रतिशत घट्यो । बैंकिङ…

Read More
Share Market 

प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंकले बढ्यो

१८ मंसिर, काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १४.७० अंकले बढेर २७७२.७४ विन्दुमा पुगेको हो। यो समयमा ६४ स्क्रिप्सको १३ हजार ६४८ कित्ता सेयर ७६ लाख ७५ हजार ७६५ रुपैयाँमा कारोबार भए। प्री ओपन सेसनमा ४६ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

Read More
Business Share Market 

कारोबारसँगै बढ्यो सेयर बजार, होटलमा आकर्षण

१७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो । अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १०…

Read More
Business Main Headlines Share Market 

धितोपत्र बोर्डका अध्यक्षसँग सबै लगानीकर्ताको अपेक्षा ‘नयाँ स्टक एक्सचेन्ज’ यस्ता छन् लगानीकर्ताले दिएका सुझावहरु

१२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ महिना पछि अध्यक्ष पाएको छ । एक दिन पनि खालि हुन नहुने ठाउँमा सरकारले ११ महिना पछि गरेको भन्दै अवदेखि यस्तो अवस्था सिर्जना नगर्न सम्पुर्ण लगानीकर्ताहरुले अनुरोध गरेका छन् । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल, शेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुलेल, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई मौद्रिक नीतिको समिक्षाका क्रममा समन्वय गरेर अगाडी बढ्न सुझाव दिएका छन् । उनिहरुले नेपालको शेयर बजारलाई नेपाल राष्ट्र बैंकका…

Read More
Business Share Market 

सेयर बजारले २७ सय नाघ्यो, बढ्यो कारोबार

११ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ । मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो । २११ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.२०, विकास बैंक ०.४९,…

Read More
NRNA Share Market 

एनआरएनलाई धितोपत्र बजारमा प्रवेश सहज

०९ मंसिर, काठमाडौँ । गैरआवासीय नेपाली (एनआरएन) लाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१ जारी भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार उक्त निर्देशिका जारी गरेको हो । संशोधनपछि सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्ने भएको छ । पुँजी बजारमा एनआरएनको लगानी भित्र्याउन सेयर निष्कासन तथा कारोबारसम्बन्धी विशेष व्यवस्था गर्न बोर्डले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयर निष्कासन तथा कारोबारसम्बन्धी विशेष व्यवस्था गर्दै बोर्डले निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय…

Read More