मेचीनगरमा बजार र सहकारीको अनुगमन तीव्र, खाद्य उद्योगलाई ५० हजार जरिवाना
१३ बैशाख, झापा । मेचीनगर नगरपालिकाले बजार र सहकारीको अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनमा त्रुटि भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गरिएको छ। उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा भएको बजार अनुगमनमा मेचीनगर–९ को पूजा फुड प्रोडक्सन उद्योगमा म्याद गुज्रिएको पास्ता, सुजी र मैदा फेला परेको थियो। उद्योग सञ्चालक पुष्पा जैसवाल चौधरीलाई उपभोक्ताको हितविपरीत काम गरेको अभियोगमा ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए। जरिवाना तिरेपछि लापरबाही नगर्ने शर्तमा उद्योगको ताला खोलिएको छ। खाद्य विश्लेषक दिपेन्द्र कार्कीले मेचीनगर–१० को नन्दा फुड इन्डस्ट्रिज र मेचीनगर–१४ को सिङ्गापुर बेभरेज नेपाल…
Read More