Banking Business 

एनआईएमबीका ग्राहकलाई विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट

२९ असार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाउने भएका छन् । एनआईएमबीले विराट मेडिकल कलेज र नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरी भिन्नाभिन्नै सम्झौता गरेको छ । विराट मेडिकल कलेज शिक्षण अस्पताल यस सम्झौता अन्तर्गत एनआईएमबीका ग्राहकले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५० प्रतिशत छुट, सामान्य ल्याब रुटिन, एक्सरे, यूएसजी/ईसीजी, सीटी स्क्यान/एमआरआई, खुला अपरेसन थिएटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट र विशेष परीक्षण, ल्याब…

Read More
Banking 

कर्जा निक्षेप अनुपात विकल्पमा ‘एलसीआर’

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपातको विकल्प खोजी गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कर्जा निक्षेप अनुपात सट्टा ‘लिक्विडिटी करभेज रेसियो’ (एलसीआर) व्यवस्था गर्ने प्रस्ताव गरेको हो । हाल बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात ९० प्रतिशत तोकिएको छ । कर्जाको माग बढेको अवस्थामा ९५ प्रतिशतभन्दा धेरै पुगे केन्द्रीय बैंकले सीसीडी रेसियोबाट सीडी रेसियो लागु गरेको थियो । केन्द्रीय बैंकले कर्जा प्रवाह नियन्त्रण गर्न सीडी रेसीयोको सीमा कायम गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरूको तरलता जोखिम न्यूनीकरण गरी…

Read More
Banking 

अन्तरबैंक ब्याजदर घटेपछि निरन्तर दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाउँदै राष्ट्र बैंक

२५ असार, काठमाडौं । वित्तीय प्रणाली अधिक तरलता भएपछि अन्तरबैंक ब्याजदर तोकिएको सीमाभन्दा तल आएको छ । अन्तरबैंक दर घटेपछि त्यसलाई बढाउन केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाएको हो । यसै साता आइतबार ४५ अर्बको दीर्घकालीन निक्षेप संकलन गरेको केन्द्रीय बैंकले बुधबार पुन: ४० अर्बको निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । अन्तरबैंक ब्याजदर वित्तीय प्रणालीको तरलताका आधारमा घट्ने र बढ्ने गर्छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा भएको सुधार तथा निर्यात वृद्धिका कारण वित्तीय प्रणालीमा अधिक तरलताको समस्या छ । साथै, आर्थिक वर्षको अन्तिम महिना भएका कारण कर्जा…

Read More
Banking Main Headlines 

झनै घट्यो महँगी, ११ महिनामा २.७२ प्रतिशतमात्र

२४ असार, काठमाडौं । नेपालमा मुद्रास्फीति झनै घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.१७ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहको छ । अघिल्लो वर्ष यी दुई समूहको क्रमश: ५.८५ प्रतिशत र ३.०९७ प्रतिशत मुद्रास्फीति थियो । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक…

Read More
Banking Business 

राष्ट्र बैंकले गर्यो ४५ अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

२२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ । बैंकले आइतबार सुचना निकालेर बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने गरि सुचना प्रकाशित गरेको हो । बैंकले २०८२ असार २२ गते मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत बालकबोल आह्वान हुने जनाएको छ । बैंकका अनुसार घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा् निःशेष भाग जाने गरि कुल आह्वान रकम सम्म बोलकबोल गर्न सकिने जनाएको छ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तिय…

Read More
Banking Business 

असुली बढेपछि राष्ट्र बैंकमा पैसा थुपार्दै बैंक तथा वित्तीय संस्था 

२० असार, काठमाडौं । चालु आर्थिक वर्ष सकिन लाग्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल अवस्थामा पुगेको छ । असार महिनामा असुलीमा आएको सुधारले अधिक तरलता थप जटिल बनेको हो । वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकमा पैसा थुप्रिने क्रममा पनि उत्तिकै बढोत्तरी भएको छ । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत ५ खर्ब २० अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन् । यसले पनि बैंक तथा वित्तीय संस्थाको असुलीमा सुधार आएको देखिन्छ । बैंकहरूले असुली भएको पैसालाई पनि आइडियल राख्नुभन्दा थोरै भए…

Read More
Banking Business 

६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१८ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ६० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । यसअघि गत आइतबार केन्द्रीय बैंकले ६३ दिनकै लागि ३० अर्ब रुपैयाँ तरलता खिचेको थियो । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग…

Read More
Banking Business 

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङ बीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता

१७ असार, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. बीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सहकार्यअनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् र सो कर्जाको अवधि ५ वर्ष रहेको छ । सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै…

Read More
Banking Business 

चालु पूँजी कर्जामा राष्ट्र बैंक लचक, निर्देशित कर्जाको अवधि लम्बियो

१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंक चालु पूँजी कर्जा र निर्देशित कर्जामा लचक भएको छ । अर्थतन्त्र चलायमान हुने अपेक्षामा केन्द्रीय बैंकले दुवै पक्षलाई सहज गरेको हो । पछिल्लो समयमा केन्द्रीय बैकले कर्जामा कडाइ गरेका कारण अर्थतन्त्रले गति लिन नसकेको आरोप लाग्दै आएको थियो । तर, नवनियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेल कर्जा सम्बन्धी व्यवस्थाहरुमा लचिलो बनेका हुन् । केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनको प्रभावकारी कार्यान्वयन २०८४ असार मसान्तसम्म सारेको छ । लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालु पूँजी कर्जा तोकिएको सीमा भन्दा धेरै…

Read More
Banking Business 

विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक

३० जेठ, काठमाडौँ । विश्व बैंक समूहले ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ (२०२५–२०३१) सार्वजनिक गरेको छ । आगामी ६ वर्षका लागि नेपालमा विश्व बैंक समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित फ्रेमवर्क ल्याइएको हो । आज एक औपचारिक कार्यक्रमबीच उक्त फ्रेमवर्क सार्वजनिक गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फ्रेमवर्लले नेपालको १६औँ योजनासँग मेल खाने र नेपालको संरचनात्मक आर्थिक रूपान्तरणमार्फत विकास, सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि आवश्यक मार्गचित्र प्रस्तुत गर्ने गरी तयार पारिएको बताए । यसले समावेशी आर्थिक वृद्धि, उत्पादनशील रोजगारी, प्रतिस्पर्धात्मकता अभिवृद्धि, दिगो सामाजिक सुरक्षा र…

Read More