Automobiles 

चार सहरमा एकैपटक टाटाको ‘पन्च ईभी’ सार्वजनिक

०१ असाेज, काठमाडौं । नेपालका चार सहरमा एकैपटक टाटाको ‘पन्च ईभी’ सार्वजनिक गरिएको छ । कम्पनीका अनुसार चितवन, पोखरा, बुटवल र भैरहवामा एकैसाथ टाटाको पन्च ईभी सार्वजनिक गरिएको हो । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष…

Read More
Automobiles 

केई गाडीको ‘टेस्ट ड्राइभ’ कार्यक्रम भोलि र पर्सि

२८ भदाै, काठमाडौं । नेपालकका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार २९ भदौमा थापाथली शोरुममा र ३० भदौमा नक्सालस्थित भाटभाटेनी शोरुममा केईको इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी, इलेक्ट्रिक ह्याचब्याक ई-क्युट ०४ र ई-क्युट ०२ टेस्ट ड्राइभ गर्न सकिनेछ । प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको र सहभागीहरूमध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको मिक्सर ग्राइन्डर प्राप्त गर्ने कम्पनीले जनाएको छ । टेस्ट ड्राइभ कार्यक्रमबारे विस्तृत जानकारी लिन कम्पनीको कार्यालयमा…

Read More
Business Gold & Silver 

ईसीबीले व्याजदर घटाउँदा सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढ्यो, नयाँ रेकर्ड कायम

२८ भदाै, काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । आज प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड मूल्य आज तोडिएको हो । यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले ०.२५ प्रतिशतले घटाएर ३.५ दशमलवमा कायम गरेकोले मूल्य रेकर्ड…

Read More
Main Headlines 

सरकारी कर्मचारीलाई गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा

२७ भदाै, काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि “सित्तैमा” लगानी व्यवस्थापन सेवा उपभोग गर्न सकिने योजना बजारमा ल्याएको छ । देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी शेयर बजारमा लगानी गर्ने रु कसरी शेयर कारोबार गर्ने रु भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “सित्तैमा लगानी व्यवस्थापन सेवा योजना” संचालनमा ल्याएको छ । यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको…

Read More
Banking Business 

महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता

२७ भदाै, काठमाडाैं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकुलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एक आपसमा साझेदरी गर्ने सम्बन्धमा सहमति भएको हो । यस अन्तर्गत अध्यान्ता फण्ड म्यानेजमेन्टले साना…

Read More
Entertainment Fashion 

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भदाै, काठमाडाैं ।ग्लोबल ग्ल्यामर भेन्चरद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जितेकी छिन् । यो विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको पाचौं नेपाली संस्करण हो । २२ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन्। ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनी पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्छिन् । उनले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । हिजो साँझ ललितपुरको गोदावरी कन्भेन्सन…

Read More
Banking Main Headlines 

भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

२७ भदाै, काठमाडाैं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई मध्यबानेश्वर मा स्थित भेनस हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच भेनस हस्पिटल प्रालिका तर्फबाट जनरल म्यानेजर मनी ढकाल र प्रभु बैंक लि.का तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्ट ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सो समारोहमा प्रभु बैंक लिमिटेड,बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटल प्रा.लि. की प्रशासन प्रमुख मनी न्योैपाने समेतको उपस्थित रहेको थियो ।…

Read More
Main Headlines 

मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रमको आयोजना

२७ भदाै, काठमाडाैं । विविधतामा एकताको जीवन्त उत्सवमा, मेटलाइफ नेपालले मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासँग संयुक्त रूपमा, देशभरका बिभिन्न ठाउँबाट शीर्ष प्रदर्शन गर्ने आफ्नो अभिकर्ता टोलीको अघिल्लो वर्षको सफलता र समर्पित सेवालाई प्रशंसा गर्न, काठमाडौंमा हिजो भव्य कार्यक्रमको आयोजना गरेको थियो । नेपालको हरेक कुनाबाट मेटलाइफका अभिकर्ताहरू आफ्नो परम्परागत राष्ट्रिय पोशाकमा आइपुगेका थिए, जसले समावेशीताप्रति कम्पनीको प्रतिबद्धता र कसरी जीवनका सबै भौगोलिक क्षेत्रका मानिसहरूले नेपाली परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने एउटै साझा उद्देश्य पूरा गर्न एकसाथ काम गर्छन् भन्ने कुराको रंगीन प्रतिनिधित्व…

Read More
Agriculture Business Main Headlines 

नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

२७ भदाै, काठमाडाैं । नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए । उनले भने,“त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।” यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताए । ग्रामीण…

Read More
Business Share Market 

७८ अंक बढ्यो बजार, कारोबारमा सुधार

२७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ । ३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ८ अर्ब १६ करोडको भयो । अघिल्ला दिनसम्म अन्तिम समयतिर उच्च दरले घट्ने गरेको बजारमा बिहीबार भने उल्टो स्थिति देखियो । १ : ४६ बजेदेखि बजार उच्च दरले उकालो लाग्यो । २२९ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ३ को स्थिर रह्यो । सबैजसो क्षेत्रका…

Read More