Business Gold & Silver 

लगातार ५ दिन बढेको सुन आज स्थिर

२ असार, काठमाडौं । लगातार ५ कारोबार दिन बढेको सुनको भाउ सोमबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । जेठ २७ गते प्रतितोला १ लाख ९० हजार रहेको सुन त्यसयता ७ हजार ५ सय बढिसकेको छ ।

यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदी उच्च मूल्यमा पुगेर स्थिर रहेको छ । सोमबार तोलामा २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । तीन दिनदेखि चाँदी यहीं मूल्यमा स्थिर छ ।

Related posts

Leave a Comment