Business Share Market 

सेयर बजारमा कारोबार रकम बढ्यो, घट्यो नेप्से

०४ असार, काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकम बढे पनि नेप्से झिनो अंक १.०७ ले घटेको छ । सो अंकको कमीपछि नेप्से २६५३ अंकमा कायम भएको छ । कारोबार रकम १८ प्रतिशत बढेको छ । अघिल्लो दिन ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८ करोडको भयो । ८८ कम्पनीको मूल्य बढ्यो भने १५९ को घट्यो, एउटाको स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । हाइड्रोपावर ०.७४, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.३७ र अन्य समूह ०.१९ प्रतिशत बढे । बैंकिङ ०.१२, विकास बैंक…

Read More
Business Share Market 

कारोबारसँगै घट्यो नेप्से, माइक्रोफाइनान्समा आकर्षण

०३ असार, काठमाडौं । मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.९० अंक घटेको हो । सो कमीपछि नेप्से २६५४ अंकमा कायम भएको छ । कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो । कुल ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो । यस दिन माइक्रोफाइनान्स समूहमा आकर्षण देखियो । सो समूह १.१० प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२७ तथा व्यापार ०.११ प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटे…

Read More
Main Headlines Share Market 

सेयर कारोबार साढे ३ महिनाकै उच्च, होटलमा आकर्षण

०२ असार, काठमाडौं । सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो । कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ । नेप्से परिसूचक जम्मा २.८० अंक बढेको छ । सो वृद्धिपछि २६५८ मा कायम भएको छ । १२४ कम्पनीको मूल्य बढ्दा १२४ कै घट्यो । यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढ्यो…

Read More
Business Share Market 

सेयर बजारमा साढे १२ अर्बको कारोबार, घट्यो नेप्से

२९ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भयो । ९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो । आज होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह २.१४ प्रतिशत बढ्यो । होटलका अलवा हाइड्रोपावर समूह ०.२२ र फाइनान्स ०.८९ प्रतिशत बढे । बैंकिङ ०.६२, विकास बैंक…

Read More
Business Share Market 

चार दिनपछि बढ्यो सेयर बजार, हाइड्रोपावरको आकर्षण कायमै

२६ जेठ, काठमाडौं । लगातार घटेको चार कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.१९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो । बजार बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोडको भयो । १९१ कम्पनीको मूल्य बढ्दा ५६ कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो । हाइड्रोपावर सेक्टरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ । अघिल्लो दिन सबैभन्दा…

Read More
Business Share Market 

बजार घटे पनि हाइड्रोपावर सेक्टरमा उत्साह

२५ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । आजको गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो । बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावरमा उत्साह देखिएको छ । आज यो सेक्टर १.२२ प्रतिशत बढ्यो । धेरै मूल्य बढेका ५ कम्पनीमा सबै हाइड्रोपावर परे ।…

Read More
Business Share Market 

नेप्से घटे पनि हाइड्रोपावरमा आकर्षण, बढ्यो कारोबार

२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४० अंकमा कायम भएको छ । बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९७ करोडको भयो । ९४ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो । धेरैजसो सेक्टरका सूचक घट्दा पनि हाइड्रोपावरमा आकर्षण देखिएको छ । यो सूचक १.१३ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह ०.०३ प्रतिशत बढ्यो भने अरु सबै…

Read More
Business Share Market 

२६४६ अंकमा झर्‍यो सेयर बजार, ५ अर्बको कारोबार

२१ जेठ, काठमाडौं । बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ । अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रह्यो । आज अधिकांश सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ०.९० प्रतिशत घट्यो । बैंकिङ ०.५९, विकास बैंक ०.७१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगनी ०.०८, जीवन बीमा ०.४८, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा…

Read More
Business Share Market 

बैंकिङले उचाल्यो सेयर बजार, बढ्यो कारोबार

१४ जेठ, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो । आज २ : १० बजेपछि बजारले वृद्धिको लय समातेको हो । बजार वृद्धिमा बैंकिङ सेक्टरको सबैभन्दा ठूलो योगदान रह्यो । समग्र नेप्से ०.६१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो…

Read More
Business Share Market 

सेयर बजार २६७५ अंकमा, घट्यो कारोबार

१३ जेठ, काठमाडौं । बजेटले पूँजीगत लाभकर बढाउने चर्चापछि अघिल्लो दिन ५ अंक घटेको सेयर बजार मंगलबार झिनो अंकमा बढेको छ । आज नेप्से जम्मा ०.८५ अंक बढेको हो । सो वृद्धिपछि २६७५.६२ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५२ करोडको भयो । कुल ८५ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.६६ प्रतिशत बढ्यो । बैंकिङ ०.४०, हाइड्रोपावर ०.१४, उत्पादन ०.२९ तथा व्यापार समूह ०.९५ प्रतिशत बढे । फाइनान्स…

Read More