प्रभु इन्स्योरेन्सले १८ प्रतिशतका दरले बोनस दिने
०९ असार, काठमाडौँ । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
असार ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा बोनस शेयर वितरण गरिनेछ ।