३० फागुन, काठमाडाैं । लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार माग गर्दै दरखास्त आह्वान गरेको छ। आयोगले आज सूचना जारी गर्दै ५ सय ३७ जना खरिदार (राजपत्र अनंकित द्वितीयश्रेणी अप्राविधिक) का लागि आवेदन माग गरेको हो। आयोगले धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल […]