Lifestyle Travels & Tourism 

पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी

२५ असाेज, काठमाडौँ । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन्। दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन्। पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन्।असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ। कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ। प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन्। शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले…

Read More
Main Headlines Society 

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुग्यो

१३ असाेज, काठमाडाैँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए । शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ । उद्धार गरिएका मध्ये…

Read More
Agriculture 

तरकारीखेती गरेर छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउँदैछिन् उर्मिला

२९ भदाै, काठमाडौँ । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् कञ्चनपुरको बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले। तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाएकी छन्। उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाएकी छन् भने छोरी रविना चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन्। ‘हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,’ उर्मिलाले भनिन्, ‘तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो।’ २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी…

Read More
Sports 

बज्रचार्यले बरबुझारथ नगर्दा बार्षिक ४० लाख कटौती गर्दै, विश्व पौडी महासंघ नियमक निकाय मौन

२० भदौ, काठमाडौं । नेपाल पौडी संघका निवर्तमान अध्यक्ष अशोक रत्न बज्रचार्यले नयाँ निर्वाचित टिमलाई बरबुझारथ नगर्दा विश्व पौडी महासंघले दिदैं आएको झण्डै ४० लाख वार्षिक अनुदान कटौती हुँदैछ । नेपाल पौडी संघलाई वार्षिक ३० हजार डलर दिँदै आइरहेको वल्र्ड अक्वाटिक्सले संघमा देखिएको विवादका कारण देखाउँदै चेतावनीपूर्ण पत्र पठाएको हो । गत २०८१ वैशाख ८ गते सम्पन्न नेपाल पौडी संघको पाँचौ साधारण सभा बाट निर्वाचित टिमलाई बज्रचार्यले बरबुझारथ गरेको छैन । उक्त अधिवेशनले निवर्तमान महासचिव जगत मान श्रेष्ठको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । वल्र्ड अक्वाटिक्सको विधान अनुसार निवर्तमान…

Read More