Lifestyle Main Headlines Travels & Tourism 

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

०४ असोज, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भए । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका गएका हुन् । लोमान्थाङ होटल व्यवसायी सङ्घका सचिव छेवाङ गुरुङ धेरै व्यवसायीहरू निमाजस्तै पलायन हुने अवस्थामा रहेको बताउछन् । “उपल्लो मुस्ताङ पर्यटकका लागि ‘भर्जिन एरिया’ हो । यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन भएसँगै करोडौँ लगानीमा सुविधायुक्त होटल सञ्चालन भए”, उनले भने, “अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शूल्क तिर्नुपर्ने भएपछि…

Read More
Agriculture 

तरकारीखेती गरेर छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउँदैछिन् उर्मिला

२९ भदाै, काठमाडौँ । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् कञ्चनपुरको बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले। तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाएकी छन्। उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाएकी छन् भने छोरी रविना चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन्। ‘हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,’ उर्मिलाले भनिन्, ‘तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो।’ २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी…

Read More
Agriculture Business Society 

‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्’

२७ भदाै, बागलुङ । बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ। यहाँस्थित काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरेकी हुन्। उनले भनिन्, ‘गत वैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ। अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्।’ वि.सं. २०७० मा तत्कालीन कृषि कार्यालय बागलुङले लालकुमारीको गाउँमै पुगेर कृषि व्यवसाय प्रवर्द्धन तालिमको आयोजना गरेको थियो। त्यही तालिम नै उनको जीवनमा कोसेढुङ्गा सावित भयो। गाउँगाउँमा महिलाले उत्पादन गरेको तरकारीले सहजै बजार नपाएको तालिममा…

Read More