०६ मंसिर, काठमाडाैं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको भाउ प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँ तोकिएको थियो । यता सोमबार भने छापावाला सुनको भाउ भाउ १ लाख १५ हजार ७०० रुपैयाँ तोकिएको थियो ।
यस्तै, आज तेजावी सुनको भाउ १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको भाउ सोमबार १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ हिजोको तुलनामा स्थिर बनेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९८ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ८ डलरमा कारोबार भइरहेको छ ।