१६ पुस, काठमाडाैं । अग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला छापावाला सूनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ ।
अन्तराष्ट्रिय बजारमा सोमबार प्रतिऔंस सुन २ हजार ६६ दशमलव २६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ७९ डलरमा कारोबार भइरहेको छ ।