०४ माघ, काठमाडौँ । सुनको कारोबार मूल्य क्रमिक घट्दैछ। यो साता क्रमिक गिरावट आएको बिहीबार चौथो दिन हो। अघिल्लो दिनका तुलनामा ७ सय घट्दा प्रति तोला १ लाख १७ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चार दिनमा तोलामा २ हजार रुपैयाँ घटेको छ। १ हजार २ सय रुपैयाँको गिरावटपछि बुधबार प्रति तोला १ लाख १८ हजार २ सय रुपैयाँ भएको थियो। त्यसअघि मंगलबार सुन प्रति तोला १ लाख १९ हजार ४ सय रुपैयाँ थियो।
गत शुक्रबारका तुलनामा तोलामा ६ सय बढ्दा आइतबार तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ भएको थियो। त्यसमा ३ सयको बढोत्तरीले सोमबार १ लाख १९ हजार ५ सय पुगेको थियो। त्यसयता क्रमिक घटेको छ।
चाँदी तोलाको १३ सय ९० रुपैयाँ भएको छ। बुधबार १४ सय रुपैयाँ थियो। दुई दिनको स्थिरतापछि ५ रुपैयाँ घटेर मंगलबार तोलाको १४ सय १५ रुपैयाँ थियो। गत बुधबार र बिहीबार १४ सय १० रुपैयाँमा स्थिर थियो भने शुक्रबार १० रुपैयाँ घटेर तोलाको १४ सय भएको थियो। त्यसमा २० रुपैयाँको बढोत्तरीले आइतबार तोलाको १४ सय २० भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको कारोबार मूल्यमा क्रमिक गिरावट छ। बिहीबार प्रति औंस २००८.१ डलरले कारोबार भइरहेको छ। बुधबार २०२१.६२ डलर थियो। गत सोमबार प्रति औंस २०५५.११ डलरले कारोबार भएकोमा मंगलबार घटेर २०४७.९४ डलर थियो। यसअघि गत आइतबार २०४८.९९ डलर थियो।
चाँदी प्रति औंस २२.५८ डलर छ। बुधबार २२.७८ डलरले कारोबार भएको थियो। सोमबार २३.२४ डलर थियो, जसमा घट्दै मंगलबार २३.०७ डलरले कारोबार भएको थियो।