१६ पुस, काठमाडौं । सोमबार अधिकांश सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन ।
बिहानैदेखि कुनैपनि सरकारी वेबसाइट चल्न सकेको छैन । गुगलमार्फत क्रोम र फायरफक्स लगायतबाट सरकारी वेबसाइट सर्च गर्दा कुनैपनि साइट खुल्दैन ।
आज बिहानैदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायत सिंहदरबारमा रहेका सबै कार्यालयको वेबसाइट डाउन छन ।
सिंहदरबार बाहिर रहेका अन्य सरकारी कार्यालय, विभाग लगायतका समेत वेबसाइट डाउन छन ।
इन्टरनेट सेवाप्रदायकको वायर इन्टरनेटबाट सरकारी वेबसाइट नखुलेपनि टेलिकमको डेटाबाट भने ती साइट खुलिरहेको छ । सरकार र इन्टरनेट सेवाप्रदाय बीचको बक्यौता विवादका करण सेवाप्रदायकहरुले सरकारी वेबसाइट डाउन गरिदिएकोपनि आंकलन गरिएको छ । हाल सिंहदरबार भित्रका कुनैपनि वेबसाइट चलेका छैनन् ।