११ पुस, काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमाल्याइएको छ । नबिलबैंकले बिहीबार (आज) भर्चुअलकार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो ।
बैंककाअध्यक्षउपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्षनिर्वाण चौधरी, प्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनकानायवप्रमुखकार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमाएनबैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरीे एनबैंकको शुभारम्भ गरेरनबिल डिजिटल बैंकिङको नेतृत्वगर्न सफलपहिलो बैंक भएको छ ।
नबिलबैंकले एनबैंकलाई एक छुट्टै भर्चुअलशाखाको रूपमा स्थापना गरेको हो । नबिलबैंककाअध्यक्षउपेन्द्रप्रसाद पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधनगर्दै उपाध्यक्षचौधरीले भने, ‘एनबैंकको शुभारम्भसँगै अब बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्वनबिल बैंकले गर्नेछ । ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरू प्राप्तगर्न सक्ने यो नवीनप्रविधिले बैंकिङमानयाँ तरङ्ग ल्याएको छ ।’ उपभोक्ताले विश्वस्नीयता र व्यक्तिगतअनुभवद्वारा मूल्याङ्कनगर्ने बताउँदै उनले भने, ‘एनबैंक कुनै पनिभौतिकशाखाविनाको निजीकृत भर्चुअल बैंकिङ हो ।’
बैंककाअनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइलफोनको सहायताले एनबैंकको उपयोगमार्फत् खाताखोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् । एनबैंकले समय र लागतमा ठूलो बचत हुने बताउँदै उपाध्यक्षचौधरीले अबको बैंकिङ भविष्य डिजिटल बैंक नै रहेको स्पष्ट गरेका छन् ।
बैंककाप्रमुखकार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले डिजिटल बैंकको नेतृत्वगर्न पाएकोमाखुसीव्यक्त गरेका छन् । ‘एनबैंकको औपचारिक शुभारम्भ भएको घोषणा गर्न पाउँदा म हर्षित छु । हामीले सबै डाटा माइग्रेसन र प्रणाली अपग्रेड पूरा गरेका छौं र आजनबिल स्मार्टबैंक एपउत्कृष्ट बैंकिङ अनुभवको लागिएनबैंकमा परिणत भएको छ ।’ अनलाइन बैंकिङ रोज्ने ग्राहकलाई एनबैंकले आफ्नो खाताखोल्नेदेखि डिजिटल ऋण प्राप्तगर्नेसम्मका सेवादिने उनले बताए ।
नबिलबैंकका डिसिइओ विनयकुमार रेग्मीले नेपाली बैंकिङ उद्योगमानवयुगको सुरुवातभएको बताए । ‘आज पूर्णतया डिजिटल बैंक, एनबैंक शुभारम्भ गरेर नेपाली बैंकिङ उद्योगमानवयुगको सुरुवातभएको छ,’ रेग्मीले भने, नबिल बैंकले डिजिटल प्रविधिमाअगुवाई गरिरहेको छ, हामीले डिजिटल उत्पादन र सेवाहरू सिर्जना गरेका छौं जसले तपाईंको बैंकिङ सेवालिने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।’
के हो एनबैंक, कसरी उपयोग गर्ने ?
एनबैंक (नियो बैंक) – मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर नेपालमापहिलो पटक नबिल बैंकले सुरु गरेको डिजिटल बैंक हो । यस पहिले नै नबिल स्मार्टबैंक एपप्रयोग गरिरहेका ग्राहकहरूले अपडेट प्राप्त गर्छन् जहाँलोगोे ‘ए’ बाट एनबैंकको ‘एन’मा परिणत हुन्छ । यसबाहेक, नयाँ र आधुनिकप्रयोगकर्ता इन्टरफेस प्रदानगर्न एपको लुक एण्ड फिल अपडेट गरिएको छ ।
नबिलबैंकमाखातानखोलेका महानुभावहरुले पनि अब आफ्नो मोबाइलमा रहेको एनबैंक एपबाट बैंक खाताखोल्न सक्नेछन् । एनबैंकमार्फत् खाताखोल्न जम्मा ३० सेकेन्ड लाग्ने नबिल बैंकको दाबी छ ।
एनबैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैंक खाताखोल्नेदेखि ऋणका लागिआवेदनदिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन् ।
यस्ता छन् एनबैंककाप्रमुख ५ विशेषताहरु
१. ३० सेकेन्ड मै खाताखोल्न सकिने
एनबैंक एपबाट ३० सेकेण्ड भित्रै एनसेभिङ् खाताखोल्न सकिनेछ । खाताखोल्नग्राहकले आफ्नो नाम, जन्ममिति, इमेल ठेगाना, मोबाइलनम्बर र नागरिकतानम्बर मात्रभर्नुपर्नेछ । खोलिएको खाताग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिकगर्नुभन्दापहिले १५ दिनको लागि सञ्चालनहुनेछ, जुनउनीहरूले आफ्नो एनबैंक एपबाट सिधै गर्न सक्नेछन् ।
२. डिजिटल ऋण
ग्राहकहरूले आफ्नो एनबैंक एपबाट सिधै ऋणको लागि डिजिटल आवेदनदिन सक्छन् । नबिलफोनलोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ ।
ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमानबिलफोनलोन प्राप्तगर्न सक्छन् । बैंकको एल्गोरिदमले उपयुक्तक्रेडिट सीमानिर्धारण गर्दछ र योग्यग्राहकहरूले ऋणको लागिदर्ता गर्न सक्छन् र ग्राहकको एनबैंक एपबाट सीधै तोकिएको सीमासम्मआवेदनदिन सक्छन् । यसको लागि बैंक धाउनुपर्ने,अन्यकुनै कागजीकार्य गर्नुपर्ने छैन ।
३. एन–रेमिट
नेपालभित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वाभिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापकविवरणहरू सहित (युएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्तगर्न सक्नेछ ।
४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एनबैंक एपमादर्ता गर्न र आफ्नोनबिल बैंक खाता सञ्चालनगर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी,सूचनाहरू र समाचार र अलर्टहरू पनिप्राप्तगर्नेछन्।
५. २४ सै घण्टा सातै दिन सेवा
बैंकले आफ्नाग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसीमार्फत् २४ सै घण्टा सेवाप्रदानगर्नेछ । एनबैंकको कुनै सेवाप्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधानगर्ने मनसायले यो सुविधा सञ्चालन गरेको छ ।
माथिकाबाहेक, ग्राहकले आफ्नो एपबाट सीधै बैंकिङ सेवाहरूको होस्टको लागिआवेदनदिन सक्छन्ः
क) नयाँ डेबिट कार्ड
ख) डेबिट कार्ड प्रतिस्थापन
ग) क्रेडिट कार्ड
घ) व्यक्तिगत ऋण
यसबाहेक, निम्न सूचना सेवाहरू पनि एपबाट पहुँचगर्न सकिन्छः
क) सम्पर्क
ख) शाखाहरू÷एटीएमहरू
ग) ब्याजदर
घ) विनिमयदर
ङ) इएमआई क्याल्कुलेटर
एनबैंकमार्फत् ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमाप्रयोग गर्ने सबै कुरा गर्न सक्छन् । नबिलबैंकले एनबैंकको सुरुवात गरेर सम्पूर्ण बैंकिङ क्षेत्रलाई एक पटक पुनःनयाँउदाहरण पेश गरेको छ ।