१६ माघ, काठमाडाैं । मंगलबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ । सोमबार ३०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार पुन सोही भाउले वृद्धि भएको हो ।
मंगलबार छापावाला सुनको भाउ १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको भाउ १ लाख १८ हजार ३०० रुपैयाँ तोकिएको थियो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ४२० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार ४०५ रुपैयाँ तोकिएको थियो ।अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३२ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव १६ डलरमा कारोबार भइरहेको छ ।