सुनको भाउ तोलामा १४ सय बढ्यो
११ जेठ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।