हुन्डाई इलेक्ट्रिक सवारी साधनहरुमा प्रि बजेट अफर
०५ जेठ, काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरुमा आकर्षक प्रि बजेट अफर ल्याएको छ । यो अफर जेठ ५ गतेदेखि १४ गतेसम्म लागु हुनेछ ।
अफरले ग्राहकहरुलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागु हुने कम्पनीले जानकारी दिएको छ ।
अफर नेपाली उपभोक्ताहरुको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । योजना अन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएन आइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरुले प्रोत्साहनस्वरुप लाभ उठाउन सक्नेछन् ।
प्रि बजेट छुट योजनाको विशेषताहरुमा निशुल्क बीमा रहेको छ । जसमा ग्राहकहरुले आफ्नो नयाँ हुन्डाई इभीको लागि निशुल्क बीमा कभरेज प्राप्त गर्नेछन् । साथै अफरमा ग्राहकहरुले सडक करसमेत निशुल्क पाउने कम्पनीले जनाएको छ ।