सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी ५५ रुपैयाँले महंगीयो
२३ वैशाख, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन चाँदी दुवैको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ हजार ३०० र चाँदी ५५ रुपैयाँले महंगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३६३.५२ अमेरिकी डलर र चाँदी ३३.०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।