आम्दानीसँगै खस्कियो निफ्राको नाफा
०७ माघ, काठमाडौं । नेपाल पूर्वाधार बैंक (निफ्रा)को नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड १९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा खुद नाफा ६८ करोड ९९ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी घट्दा नाफामा असर परेकोछ । यो दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ४ करोड छ । पहिले यसै अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ थियो । कम्पनीको खुद नाफामा कमी आउँदा प्रतिसेयर आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ६ रुपैयाँ ३९…
Read More