Main Headlines 

राजविराज विमानस्थलबाट रात्रिकालीन उडान सुरु

०२ पौष, सप्तरी । सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यवसायिकरुपमा रात्रिकालीन उडान सुरु गरेको हो। राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरु भएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब राजविराज छायामा पर्ने छैन । विमानस्थललाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ । यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन् ।” पर्यटनमन्त्री…

Read More
Main Headlines Society 

‘दि राइजिङ नेपाल’ छ दशकमा प्रवेश

०१ पौष, काठमाडाैँ । वि.सं. २०२२ साल पुस १ गते बिहिवार (१६ डिसेम्बर १९६५) बाट प्रकाशन शुरु भएको ‘दी राइजिङ नेपाल’  गोरखापत्र संस्थानद्वारा प्रकाशन गरिने अङ्ग्रेजी भाषाको राष्ट्रिय दैनिक अखबार हो ।   ब्रोडसिट आकारमा प्रकाशन हुने यो नेपालको पहिलो अङ्ग्रेजी भाषाको दैनिक अखबार हो । याे समाचारपत्र आज पुस १ गते सोमबार (१६ डिसेम्बर २०२४) बाट ५९ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा आज यो अखबारले आफ्नो ५९ औं वार्षिकोत्सव काठमाडौंमा मनाउँदैछ ।  आफ्नो विगत इतिहासको समीक्षा गर्दै आगामी दिनमा आफ्ना पाठकलाई तथ्यगत र उपयोगी सूचना सम्प्रेषण गर्दै राष्ट्रको हित र समृद्धिमा…

Read More
Business International Main Headlines 

एमसीसी र बीआरआईबिच के फरक ? कसरी हुन्छ काम ?

२७ मंसिर, काठमाडौँ सरकारले मंगलबार नेपाल र चीनबिच भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को फ्रेमवर्क सार्वजनिक गरेको छ । फ्रेमवर्कमा ‘ग्रान्ट’ (अनुदान) भन्ने शब्द कतै पनि परेको छैन । यसको मतलब चीन सरकारले बीआरआई अन्तर्गत रहेर नेपालमा आवश्यकता अनुसार अनुदान, सहुलियतपूर्ण ऋण दिन वा ऋण लगानी गर्न सक्ने छ । फ्रेमवर्कको बुँदा नं ४ अन्तर्गतको आर्थिक समन्वय उपशीर्षकमा एड (सहायता) भन्ने शब्द राखिएको छ । यसमार्फत चिनियाँ पक्षले बीआरआईमार्फत नेपालको विकासमा प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने उल्लेख छ । यसमा दुई देशको आवश्यकता अनुरूप सहयोग गर्ने वित्तीय मोडालिटीहरू तय…

Read More
Main Headlines Sports 

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम शीर्षस्थानमा

२६ मंसिर, काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४-अन्डर ६४ सहित शीर्षस्थानमा रहन सफल भएका छन। उनले विष्णु प्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। रोयल नेपाल गल्फ क्लबमा आजदेखि सुरू भएको प्रतियोगितामा विष्णु प्रसाद शर्मा र निरज तामाङले ३-अन्डर ६५ सहित पहिलो दिनको खेल संयुक्तरुपमा दोस्रो स्थानमा पुरा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य २-अन्डर ६६ सहित चौथो स्थानमा रहे। इभन-पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीप कुमार लामाले पाँचौं…

Read More
Main Headlines 

एडीबीद्वारा बङ्गलादेशको लागि थप १० करोड अमेरिकी डलर स्वीकृत

२५ मंसिर, काठमाडौं। एसियाली विकास बैङ्क (एडीबी) ले बङ्गलादेशको लागि सोमबार १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बङ्गलादेशमा सार्वजनिक–निजी साझेदारी मार्फत महत्वपूर्ण पूर्वाधार विकासलाई समर्थन गर्न उक्त ऋण स्वीकृति गरिएको हो । एडीबीले बङ्गलादेशले मुख्यतया सार्वजनिक क्षेत्रबाट सञ्चालित देशको पूर्वाधार विकासले सीमित स्रोत र कार्यान्वयन बाधाका कारण चुनौतीहरूको सामना गरिरहेको बताएको छ । बङ्गलादेशका लागि एडीबीका निर्देशक युन जियोङले भने,“यस परियोजनाले बङ्गलादेशलाई निजी क्षेत्रको वित्तपोषणलाई उत्प्रेरित गर्न, पूर्वाधार विकास घाटालाई सम्बोधन गर्न, सार्वजनिक वित्तमा दबाब कम गर्न र थप रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ ।” यस ऋणले…

Read More
Main Headlines 

न्युरो केयर फाउन्डेशन नेपालको साधारण सभा सम्पन्न

२३ मंसिर, काठमाडाैं । काठमाडौं मंसिर २१ न्युरो केयर फाउन्डेशन नेपाल न्युरोसम्बधि रोगहरुको क्षेत्रमा चिकित्सा सेवालाई अगाडि बढाउने र आर्थिक रुपले विपन्न ब्यक्तिहरुलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य ले स्थापन गरिएको संस्था हो । न्युरो केयर फाउन्डेशन नेपालले आप्mनो पहिलो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । पहिलो साधारण सभावाट कार्यसमिति चयन गरीएको छ । सात सदस्यीय कार्यसमितिमा प्रो.डा. गोपाल रमण शर्मा को अध्यक्ष सहित प्रो.डा. राजीव कुमार झा, डा. प्रसन्ना कार्की, डा. अनिस मान सिंह, डा. विनोद राज भण्डारी, डा.रुपेन्द्र वहादुर अधिकारी, डा.सुमित जोशी । न्युरो केयर फाउन्डेशन नेपाललाई…

Read More
Banking Main Headlines 

वैंकमा ऋणलगानी नवढ्नुको एउटा कारण: धितो मूल्यांकन कर्ता(भ्यालुर्यस्)को कमजाोर मानसिकता

२० मंसिर, काठमाडौं । वैकमा ऋण लिने प्रक्रिया सहज भएको छ, र यहाँ पैसा थुप्रिएको छ भने व्याज पनि तुलनात्मक रूपमा कम छ। तर, धेरै ऋण माग भएको छैन, ऋण माग भएका हरूले पनि ऋण लिन सकिरहेका छैनन यसका विविध कारण हरू छन् र तिनका विविध पाटाहरूको विषयमा छलफल तथा चिया गफ समेत भएका छन् । यीनै विविध पक्षमा एकदम कम छलफल हुने , धेरैको ध्यान नपुगेको एउटा पक्ष छ धितो मूल्यांकनकर्ताको कमजोर मानसिकता र यस लेखमा यसलार्इ केन्द्रीत गर्ने खोजिएको छ । नेपालमा वैकहरूको स्थापनाकाल देखी नै धितो मूल्यांकन…

Read More
Main Headlines Prabas 

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने तयारी

१७ मंसिर, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने मिटरब्याजको चपेटामा नपरून् भनेर सरकारले बैङ्कबाट बिनाधितो ऋण उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज ऋण उपलब्ध गराउने कार्यविधिको मसौदा अन्तिम चरणमा पुर्‍याएको छ । श्रममन्त्री शरतसिंह भण्डारीले तत्काल वैदेशिक रोजगारीको विकल्प नहुन्जेलसम्म वैदेशिक रोजगारीमा जान श्रमिकले चर्को ब्याजदरको ऋण लिनुपर्ने बाध्यता हटाउन बिनाधितो सहुलियत दरको ऋण दिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । नेपाली युवा सय कडा ३६ प्रतिशत ब्याजको ऋण लिएर विदेश जान बाध्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो गरिबका लागि ठुलो समस्या हो,…

Read More
Business Cooperative Main Headlines Society 

एकनास छैनन् सहकारी : कतै बचत फिर्ता पाउनै मुस्किल, कतै बचतको ओइरो

१४ मंसिर, पोखरा । पोखराका गंगाबहादुर गुरुङले सहकारीमा करोडौँ रकम बचत गरेका छन् । ५ करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा जम्मा गरेका उनी सहकारीका कारण नै आफ्नो दैनिकी सहज भएको बताउँछन् । गुरुङले भने, ‘त्यही सहकारीका कारण चुलो बलेको छ । छाक टरेको छ ।’ कयौँ सहकारीका बचतकर्ता आफ्नो रकम फिर्ताका लागि सडक संघर्षदेखि विभिन्न निकायमा धाइरहेको समयमा गुरुङ भने ठिक विपरीत अवस्थामा छन् । पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारीका बचतकर्ता गुरुङलाई अहिले सहकारीको रकम हिनामिना सम्बन्धी हावा–हुण्डरीले कुनै असर गरेको छैन । ‘दिनदिनै आन्दोलन छ । राखेको…

Read More
Banking Main Headlines Society 

राष्ट्र बैंकले भन्छ- लचिलो मौद्रिक मौद्रिक नीतिलाई निरन्तरता दियौं, अब बैंकको कर्जा बढ्छ

१४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीतिको निरन्तरता दिएको बताएको हो । राष्ट्र बैंककाअनुसार अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ । राष्ट्र बैंकले पर्यटक आगमनमा भएको वृद्धि, एयरपोर्ट लगायतका पर्यटन पूर्वाधारहरुको बढ्दो उपयोग, सूचना प्रविधि क्षेत्रको विस्तार तथा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति एवम्क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण लगायतका कारण समग्र माग विस्तार हुने र त्यसबाट चालु…

Read More