Business Main Headlines 

डेढ लाख होटेल रेस्टुरेन्टमा दुई खर्ब लगानी

१८ पौष, काठमाडौँ । मुलुकभर झन्डै डेढ लाख होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको छ । तथ्याङ्क दिवसका अवसर पारेर राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० मा मुलुकभर सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित एक लाख ४२ हजार २२३ प्रतिष्ठानमा दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको लगानी रहेको उल्लेख छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सो सर्वेक्षण गरेको थियो । सवा दुई खर्ब लगानी गर्दा ती प्रतिष्ठानले कुल तीन…

Read More
Corporate Health Main Headlines 

प्रतिष्ठान संरक्षक परिषद्लाई निरन्तरता दिनुपर्ने सुझाव

१७ पौष, काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानका पदाधिकारीले विद्यमान सञ्चालक समितिलाई नै विश्वविद्यालय स्थापना भएपछिको संरक्षक परिषद्मा निरन्तरता दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा उनीहरूले यस प्रकारको धारणा व्यक्त गरेका हुन् । छलफलमा राष्ट्रिय सभाका सदस्यहरूले विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पर्ने स्रोत र संरक्षक परिषद्को गठन तथा संरचनाबारे चासो व्यक्त गरेका थिए । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी छलफलमा संरक्षक परिषद्को गठन कसरी हुने भनी राखेको जिज्ञासामा प्रतिष्ठानका पदाधिकारीले विश्वविद्यालयमा परिणत भएलगत्तै प्रतिष्ठानको सञ्चालक समितिलाई नै संरक्षक परिषद्मा निरन्तरता दिनुपर्ने बताए । छलफलमा प्रतिष्ठानका प्रमुख…

Read More
Cooperative Main Headlines 

सहकारीमा तोकियो बचतको सीमा

१५ पुस, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी प्रचलित कानुन संशोधन गरेको छ । सहकारी संस्थाको नियामक संरचना, कर्जा र निक्षेपको सुरक्षण, सूचना अदानप्रदान, बचत रकमको सीमालगायतका व्यवस्था गर्दै सरकारले अध्यादेशमार्फत प्रचलित कानुन संशोधन गरेको हो । अध्यादेश आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको छ । अध्यादेशले तीन कानुनलाई संशोधन गर्दै एक प्रचलित कानुन खारेज गरेको छ । सहकारी ऐन, नेपाल राष्ट्र बैङ्क ऐन र निक्षेप तथा कर्जा सुरक्षण ऐन अध्यादेशले संशोधन गरेको छ । राष्ट्रिय सहकारी विकास बोर्ड ऐन भने खारेज…

Read More
Main Headlines 

चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ पुस, काठमाडौँ । चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।

Read More
Main Headlines Society 

कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गरौँ – प्रमुख शाह

२ दिन चल्ने महोत्सव आज समापन हुँदै  १३ पुष, काठमाडौँ । कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गर्नु पर्नेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । शुक्रबार (पुस १२) तीनकुनेमा काटेश्वर महोत्सवको शुभारम्भ गर्दै प्रमुख शाहले, नेपाली उत्पादनसँग व्यापारिक क्षेत्रको पहिचान प्रवर्धन गर्न आग्रह गर्नुभयो । ‘कोटेश्वरले आफ्ना उत्पादनलाई प्रवर्धन गर्नुपर्छ । पूजाआजाका सामान असनमा पाइन्छ । कपडा किन्न न्युरोड जाने गरिन्छ । मेकानिकल सामग्री त्रिपुरेश्वरमा पाइन्छ भने जस्तै गरेर व्यवसायीहरुले कोटेश्वरमा पाइने सामग्रीको प्रवर्धन गर्दै जानुपर्छ ।’ उहाँले भन्नुभयो, ‘नेपालमा बनेका सामान अलि…

Read More
Business Main Headlines 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

१३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । त्यस्तै, जापानी येन, साउथ कोरियन वनको भने मूल्य घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६…

Read More
Main Headlines Society Technology 

एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता

१२ पौष, काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित कार्यक्रममा कार्यालयका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले सो समझदारी पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बौद्ध क्षेत्रमा रु एक करोड २६ लाख ९० हजार लागतमा सिसिटिभी जडान गरिनेछ । काठमाडौँ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, अन्य अनैतिक…

Read More
Corporate Main Headlines 

प्रसारण लाइनको तेइस मिटर दायाँबायाँ निर्माण कार्य निषेध

१२ पुस, काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले निर्माण गर्न लागेको प्रसारण लाइनको २३/२३ मिटर दायाँबायाँ कुनै पनि निर्माण कार्य गर्न गर्न निषेध गरिएको छ । अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै एमसिए नेपालले निर्माण गर्ने प्रसारण लाइन आयोजनाको तोकिएको क्षेत्रभित्र प्रसारण लाइनको मध्यरेखाबाट दायाँबायाँ २३/२३ मिटरभित्र कुनै निर्माण कार्य तथा रुखबिरुवा रोप्न नपाउने उल्लेख गरेको हो । मन्त्रालयका अनुसार ३१५ किलोमिटर लम्बाइको ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना अन्तर्गतको नयाँ दमौलीदेखि नयाँ बुटवल हुँदै नेपाल–भारत सीमासम्म नवलपरासीमा पर्ने ३३.५४ किलोमिटर लम्बाइको प्रसारण लाइनको…

Read More
Main Headlines 

जापान एयरलाइन्समा साइबर आक्रमण हुँदा सेयर कारोबार २.५ प्रतिशतसम्म घट्यो

११ पुस, टोकियो । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठुलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो । जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज ९एएनए० पछिको देशको दोस्रो ठुलो एयरलाइन्स हो । “हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनल्स्थापना स्थितिको जाँच गरिरहेका छौँ”, जेएएलले सामाजिक…

Read More
Main Headlines 

सेयर बजार २६२६ अंकमा, बढ्यो कारोबार

०९ पुस, काठमाडौं । मंगलबार सेयर बजार २६२६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १४.११ अंक बढेको हो । कारोबार भइरहँदा दिउँसो १२ : २५ बजे नेप्से २६४५ अंकसम्म पुगेको थियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडको भयो । १६७ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ६ को स्थिर रह्यो । उत्पादन समूह २.३२ प्रतिशत तथा व्यापार ०.४५ प्रतिशत घटे । यी बाहेक सबै सेक्टरका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा…

Read More