Business Share Market 

सेयर बजार २६७० अंकमा, बढ्यो कारोबार

२८ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ५.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६७० मा कायम भएको छ । दिनभर कारोबारका क्रममा नेप्से अधिकतम २६८७ अंकसम्म पुगेको थियो । कारोबार सुरु भएको १२ मिनेटमै सो अंक समातेको बजार माथि टिक्न सकेन । क वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०४ प्रतिशत घट्यो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडको भयो । ११३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने एउटाको स्थिर नै…

Read More
Banking Business 

बैशाखमा कता जाला बैंक ब्याजदर ?

२८ चैत, काठमाडौँ । बैशाख महिनामा ब्याजदर स्थिर हुने देखिएको छ । बैंकरहरूले बैंक ब्याजदर घटाउने वा बढाउने दुवै अवस्था नरहेको बताउँदै बैशाखमा स्थिर रहने जनाएका छन् । मसान्तका दिन बैंकहरूले नयाँ महिनाका लागि ब्याजदर प्रकाशित गर्दै आएका छन् । जसअनुसार शुक्रबार बैंकहरूले आगामी महिनाका लागि ब्याजदर प्रकाशित गर्नेछन् । सो ब्याजदर अहिले धेरै बैंकहरूको यथावत नै रहेको बैंकरहरूको भनाइ छ । पछिल्ला केही महिना यता ब्याजदर न्यूनतम विन्दुमा छ । जसकारण उनीहरूले ब्याजदर थप घटाउन सक्दैनन् । यसर्थ वैशाखमा पनि बैंकहरूको ब्याजदर स्थिर रहने उनीहरूको भनाइ छ । कर्जा…

Read More
Business Gold & Silver 

एकैदिन ५ हजार ७०० रुपैयाँले बढेसँगै सुनको भाउ ऐतिहासिक विन्दुमा

२८ चैत, काठमाडौं । बिहीबार सुनको भाउ ऐतिहासिक विन्दुमा पुगेको छ । बिहीबार सुनको भाउ एकै दिन ५ हजार ७०० रुपैयाँले बढेसँगै ऐतिहासिक विन्दुमा पुगेको हो । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । जबकि बुधबार १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदि प्रतितोलामा ६५ रुपैयाँले बढेर १ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार १ तोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार…

Read More
International 

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु

२७ चैत, काठमाडौँ । डोमेनिकन रिपब्लिकनमा एक क्लब घरको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु भएको छ ।गायक रुबी पेरेजको जेट सेट नाइट क्लबमा कन्सर्ट चलिरहँदा क्लबको छत भत्किएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार क्लब घरको छत भत्किने समयमा पाँच सयदेखि एक हजार मानिस सहभागी थिए । प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मंगलबार मध्यरातमा छत भत्किएको थियो ।मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेका छन् । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए । पेरेजकी छोरी जुलिन्काले…

Read More
Business Share Market 

बढ्यो सेयर बजार, होटलमा आकर्षण

२७ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो ११ : ४४ बजे नेप्से परिसूचक २७०१ अंकसम्म पुगे पनि टिक्न सकेन । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडमा खुम्चियो । १५४ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने एउटाको स्थिर रह्यो । यस दिन बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४०…

Read More
Banking Business 

आज फेरि २० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

२७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार २० अर्ब रुपैयाँ खिच्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको जनाएको छ । राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा खिच्दै आएको छ । सोही क्रममा आज बुधबार पनि २० अर्ब खिच्न लागेको हो । राष्ट्र बैंकले जारी गरेको सूचनामा निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले अनलाइन बोलकबोल गर्न सक्ने उल्लेख छ । निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड…

Read More
Banking Business 

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र वैशाख ७ गतेदेखि खुल्ने, ७ प्रतिशत ब्याजदर

२७ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । गत पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ नै ३२९ रुपैयाँ ८४ पैसा छ । १ अर्ब २५ करोड सञ्चित नोक्सानी छ । जसमध्ये ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ । छिटोमा वैशाख १० गतेसम्म…

Read More
Banking Business 

बैंकिङ प्रणालीमा अधिक तरलता, २० अर्ब तान्दै राष्ट्र बैंक

२७ चैत, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण मार्फत पैसा खिचिरहेको छ। राष्ट्र बैंकले आज पनि थप २० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।…

Read More
Business Gold & Silver 

लगातार ४ दिनदेखि घटेको सुनको भाउ बुधबार २ हजारले बढ्यो

२७ चैत, काठमाडौँ । लगातार ४ दिनदेखि घटेको सुनको भाउ बुधबार बढेको छ । गत बिहीबारदेखि लगातार ४ दिनमा सुनको भाउ ६ हजार ९०० रुपैयाँले घटेको थियो । मंगलबारसम्म घटेको सुनको भाउ बुधबार भने २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला सुन १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यता, बुधबार सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबारको तुलनामा चाँदी ५ रुपैयाँले बढेको हो…

Read More
Lifestyle Main Headlines Society 

चर्किएका भित्ता नियालेका चित्र ‘सम्पदाका रेखाहरू’

२७ चैत, काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्प मानिसले अझै बिर्सिएका छैनन् । हाल पनि बारम्बार आइरहने भूकम्पले धेरैलाई २०७२ वैशाख १२ को कहालीलाग्दो दिन स्मरण गराउँछ । त्यही घटनाले धेरै मानिस घरवारविहीन भए भने धेरैका घरका भित्ता अहिले पनि उदेकलाग्दो देखिन्छन् । त्यही भूकम्पले चर्किएका भित्तामाथि कलाकार रवीन्द्र श्रेष्ठले एउटा विशेष रेखाका रूपमा आफ्नो क्यानभासमा उतार्नुभएको छ । “२०७२ सालमा गएको भूकम्पले मेरा घरका भित्ता पनि चर्किएका थिए र त्यही भित्तामा चर्किएको भागलाई एक विशेष रेखाका रूपमा मैले देखेँ । त्यसपछि नै मैले चित्रका रेखा कोरेर क्यानभासमा उतार्ने निर्णय गरेको हुँ,”…

Read More