Business Gold & Silver 

सुनको भाउ १७ सय रुपैयाँले घट्यो, चाँदीमा सामान्य गिरावट

१० असार, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । मंगलबार सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । मंगलबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३४९.२१ अमेरिकी डलर र चाँदी ३६.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment