एकैदिन २५ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट
०३ असार, काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ एकैदिन तोलामा २ हजार ५०० रुपैयाँले घटेको हो । सुनसँगै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३९०.७ अमेरिकी डलर र चाँदी ३६.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।