सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो
०२ जेठ, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २२०.०८ अमेरिकी डलर र ३२.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।