आइतबार सुनको भाउ घट्यो
०४ जेठ, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ । आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य शुक्रबारको मूल्यलाई निरन्तरता दिइएको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिन्छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २०१.२२ अमेरिकी डलर र चाँदी प्रतिऔँस ३२.२८ डलरमा कारोबार भइरहेको छ ।