Business Gold & Silver 

सुनको मूल्यमा वृद्धि

२१ वैशाख, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार सुनको मूल्य ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २४१.३६ अमेरिकी डलर र चाँदी ३२.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment