सुनको भाउ हालसम्मकै महंगो, तोलामै बढ्यो ३६ सय रुपैयाँ

०४ वैशाख, काठमाडाैँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार सुनको मूल्य इतिहासकै सबैभन्दा मह‌गो भएको हो ।

आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर १ एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार सुन तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य अंकले बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours