सोमबार सुनचाँदीको भाउ कति ?
०९ असार, काठमाडौं। साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको भाउ १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ सोमबार स्थिर बनेको हो । आइतबार ५०० रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।
त्यसैगरी, सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५७.९ अमेरिकी डलर र चाँदी ३६.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।