सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

१२ जेठ, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य आइतबारको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५०.०१ अमेरिकी डलर र चाँदी ३३.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours