Business Gold & Silver 

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

०५ जेठ, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ बढेको छ । सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य आइतबारको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिन्छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २१६.७९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ३२.३३ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment