२५ पुस, काठमाडौं । ‘केजस्एच पाटन’ होटल गत वर्षको फागुन महिनाबाट संचालनमा आएको छ । केजीएच गुरुपले पाटनको मुटुमा हेरिटेज होटल ‘केजीएच पाटन’ होटल संचालनमा ल्याएको हो । ‘केजीएच पाटन’ होटल केजीएच गुरुप अफ होटल्सको पहिलो हेरिटेज होटल हो । सम्पदा संरक्षण र प्रवद्र्धनप्रतिको हाम्रो प्रतिबद्धताले हामीलाई नेपालको विरासतमा प्राप्त सांस्कृतिक गौरव विश्वसामु देखाउने पर्यटन उत्पादनहरू विकास गर्न अगुवाइ गरेको ‘केजीएच पाटन’ का सिइओ राजन शाक्यले बताए ।
‘केजीएच पाटन’ ८ करोड लगानीमा संचालनमा आएको हो । उक्त होटल नेपाली कलाले सजिएको छ, जसले यस ठाउँमा कलात्मक आभालाई थप उक्साउँने विश्वास लिइएको उनको भनाइ छ । होटलमा स्टयान्डर्ड डिलक्स कोठा, डिलक्स स्टुडियो र सुपीरियर डिलक्स कोठा गरी २० वटा कोठा रहेको छ । ‘केजीएच पाटन’ का सिइओ राजन शाक्यका अनुसार होटलमा नेपाली चित्रकारहरुले बनाएका विभिन्न चित्रहरु राखिएका छ भने पर्यटकहरुले होटलभित्र सबै नेपालीपन महशुस गर्ने छ । करिब ५ आनामा निर्माण भएको केजीएच पाटनमा ४५ जना सम्म पर्यटकहरु अटाउने क्षमता रहेको छ । हामी कहाँ आएका पर्यटकहरुले छोटो समयमा जस्तै ५ मिनेटमा पाटन दरबार स्क्वायर पुग्न सक्ने छन्, हाम्रो होटल पाटनको बिचमा रहेकोले पर्यटकहरु सहज रुपमा पाटन दरबार स्क्वायर लगायत घुम्न सक्ने उनले बताए ।
‘केजीएच पाटन’ होटलमा २५ वटा भन्दा बढी चित्रकलाहरु राख्नुका साथै होटलमा हाल ९ जना कमाचारीहरु छन् । केजीएज गुरुप अन्तरगत ठमेलमा काठमाडौं गेस्ट हाउस, हत्तीसारमा माया मनोर बुटिक होटल, बुढानिलकण्ठमा पार्क भिलेज रिसोर्ट, पोखरामा लेकसाइडमा वाटरफ्रन्ट रिसोर्ट, पोखरा सराङकोटमा हिमालयन फ्रन्ट होटल, चितवनमा मारुनी अभयारण्य लज, लुम्बिनीमा बुद्धमाया गार्डेन रिसोर्ट र पाटनमा केजीएच पाटन गरी ८ वटा प्रपर्टिहरु रहेको छ ।
उनले थपे, ‘हामी हेरिटेज लाइनबाट सुरु गर्दैछौं । अब थप्ने होटलहरु हेरिटेज लाइनमा लानेछौं । १९६८ मा काठमाडौं गेस्ट हाउस ४ वटा कोठाबाट सुरु गरेको हो । अहिले चाँहि हाम्रो केजीएज गुरुपको फोकस चाँँहि हेरिटेज लाइनमा रहेको छ । ‘पाटनमा संचालनमा रहेको होटल हेरिटेज होटल हो । हामीले हेरिटेज होटल संचालनमा ल्याउनुको कारण चाँहि विदेशी पर्यटकहरुलाई नेपाली जनता, सम्पदाको कथा देखाउनु, सुनाउँनु हो । पाटन भनेको एउटा लिभिङ हेरिटेज साइट हो । नेपालमा हिमाल, पहाड, जंगल पनि छ । नेपालमा हिमाल, पहाड, जंगल भनेको चाँँहि पर्यटनको हार्डवेयर हो, जबकि मानिस, सम्पदा र संस्कृति नै हुमालयलाई जीवित राख्ने सफ्टवेयर हो,’ उनले भने ।
हिमालमा पनि आरोहण गर्दा शेर्पाहरुले नै हिमालको चुुचुरो सम्म आरोहीहरुलाई चडाउने हो । यो देशमा पर्यटक ल्याउने त मान्छेले नै हो । नेपालको संस्कृति, हेरिटेजको लागि विदेशीहरु धेरै आउँछन् । नेपालमा विदेशीहरु फेरि फेरि आउँनुको कारण भनेको नेपालीहरुको लागि आउँछन् उनले सुनाए । पहिलो पटक विदेशी नेपालमा हिमाल आरोहणको लागि आउँछन् । या साहसिक पर्यटनको लागि आउँछन् भने फेरि नेपालमा फकेर आउँनु भनेको चाँँहि हामी नेपालीहरुको संस्कृति, हेरिटेजको लागि आउँछन् । नेपालको पर्यटनमा चाँहि ६० प्रतिशत पर्यटकहरु फेरि फेरि फकिएर आउँने गरेका पर्यटकहरु रहेको शाक्यको भनाइ छ ।
उनले भने, ‘नेपालमा विदेशीहरु फकि फकि आउँनु भनेको नेपाली संस्कृति, नेपालीहरुको मन हेरेर आउँने हुन् । त्यस कारणले नेपाललाई चाँहि एउटा दिगो पर्यटन उत्पादनमा हामीले लाने हो भने संस्कृति, हेरिटेजलाई फोकस गर्नुपर्छ । हामीले हाम्रो देशलाई विकास गर्दा सिंगापुर, हङकङलाई हेरेर बनाउने होइन । हामीले गर्ने भनेको हाम्रो आफनो संस्कृति, हेरिटेजलाई विकास गर्ने हो र आफनो उत्पादन दिने हो । हामीले हेरिटेज होटल संचालनमा ल्याउनुको मुख्य एकाग्रता भनेको जनताहरुको (नेपाली) नरमपन देखाउन र नेपालको वास्तविक परिभाषा देखाउन थियो । नेपालको परिभाषा भनेको काठमाडौं जस्ता सहरमा बस्ने समुदाय हो, चाँहि त्यो कुनै पनि हिमाली भेकको गाउँ होस् ।’
यो चिजलाई चाँहि हामीले विदेशीहरुलाई बुझाउन सके भने मलाई लाग्छ कि नेपाल बलियो उत्पादन हुनेछ, र नेपाल अद्वितीय उत्पादन हुनेछ । हामीले नेपाललाई अद्वितीय उत्पादन बनाउने हो भने संस्कृति र हेरिटेजलाई हामीले फोकस गर्ने पर्ने उनले जोड दिए । विदेशी पर्यटकहरु नेपालमा आउँदा संसारमा पाँच तारे होटल जहाँ पनि पाउँछन् उनीहरुले तर नेपालको हेरिटेज होटल नेपालमा मात्र पाउँनेछन् । उनीहरुले अनुभव गर्न आउने भनेको यही हो । यसलाई फोकस गर्नुपर्ने उनको भनाइ छ ।