Business Main Headlines 

वाइडबडी घोटाला : नेपाली अधिकारीलाई घुस खुवाएको अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

०९ पौष, काठमाडौँ । दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि एएआर कर्प कम्पनीलाई अमेरिकी सरकारले ५५ मिलियन डलर जरिवाना तिराएको छ । एयरबस खरिद सम्झौताको ठेक्का सम्झौता गर्न नेपाली अधिकारीहरुलाई अमेरिकाको एएर कम्पनीले साढे २ मिलियन डलर घुस दिएको प्रमाणित भएको थियो । अमेरिका सरकारको सार्वजनिक मामिला कार्यालय अन्तर्गतको न्याय विभागले विज्ञप्ति जारी गर्दै एएर कम्पनीले भ्रष्टाचार सम्बन्धी कानुन उल्लंघन गरेकाले ५५ मिलियन डलर जरिवानाका लागि दोषी ठहरिएको उल्लेख गरेको छ । सो कम्पनीका एक अधिकारीले नेपालमा र दक्षिण कोरियाका सरकारी अधिकारीहरुलाई घुस दिएको…

Read More
Main Headlines 

गुणस्तर ऐन विपरीत काम गर्ने बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

०९ पुस, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, उद्योग परिसर फोहर राखेको पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए। सो उद्योगसँग चार लाख ५० हजार रुपैयाँ…

Read More
Business Main Headlines 

चालू आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत

०७ पुष, काठमाडौँ । चालूआर्थिक वर्ष (आव) २०८१÷८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत्भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालूआवको साउन, भदौअसोज, कात्तिक र मब्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको१ अर्ब ७६ करोड युनिट विद्युत्भारततर्फ निर्यात गरेको छ । चारमहिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको…

Read More
Main Headlines Sports 

एनपीएलको पहिलो उपाधिमा जनकपुरले लेखायो नाम, १ करोड १० लाख पुरस्कार

०६ पुस, काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।

Read More
Main Headlines Sports 

एनपीएल फाइनल : सुदूरपश्चिमद्वारा १ सय ८५ रनको लक्ष्य प्रस्तुत

०६ पुष, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो । खेलमा ओपनरद्वयर विनोद भण्डारी र सेफ अलि जेबले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । उनीहरुले ११७ रन जोडे । टोलीका लागि यो पहिलो शतकीय साझेदारी पनि थियो । भण्डारीले ४१ रनको योगदान दिए ।…

Read More
Main Headlines Sports 

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान

०५ पौष, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान भएको छ । शुक्रबार शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान गरेको हो । कार्यालयले आगामी वैशाख मसान्तसम्म पहिलो चरणको कार्य सम्पन्न गर्न बोलपत्र आह्वान गरेको हो । प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ । बोलपत्र पेश गर्न २०–१० हजार रुपैयाँ लाग्ने छ । बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गते दिउँसो…

Read More
Business Main Headlines Society 

विदेशी कम्पनीको सर्‍यो उडान तालिका

०५ पौष, काठमाडौँ । यात्रु अभाव र मौसमका कारण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका विदेशी हवाई कम्पनीले उडान तालिका सारेका छन् । विभिन्न गन्तव्यबाट भैरहवामा उडान भर्दै आएका कतार एयरवेज, फ्लाई दुबई, थाई एयर, एयर एसिया, जजिरा एयरवेजले उडान रोकेपछि हाल नेपाल वायुसेवा निगमले मात्रै सातामा चार दिन उडान भर्दै आएको छ । विमानस्थलका प्रवक्ता दीपक वज्राचार्यले भन्नुभयो, “बाक्लो हुस्सुका कारण जहाज उडान अवतरणका लागि आवश्यक दृश्य क्षमता (भिजिबिलिटी) नपुगेपछि विदेशी हवाई कम्पनीले उडान तालिका सारेका हुन् । फ्लाई दुबईले पुस २९ गतेदेखि, थाई एयर एसियाले माघ १३ देखि…

Read More
Business Corporate Main Headlines 

भारतीय लगानीकर्ताको चासोपछि विराटनगर जुट मिलको लेखा परीक्षण

०४ पौष, विराटनगर । भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ । नेपालको पहिलो उद्योग जुट मिल २०७८ जेठ २४ गतेदेखि आधिकारिक समितिविहीन बनेको थियो । सरकारले २०८१ जेठ ३० गते सञ्चालक समिति सदस्य नियुक्त गरेपछि २०८१ असार ५ गते राजेन्द्र कार्की अध्यक्ष चयन हुनुभएको थियो । अध्यक्ष कार्कीका अनुसार सरकारले टीकाराज ढकाल, सेयर सदस्यबाट मुकुन्द नेपाल र वाणिज्य कार्यालय विराटनगरका प्रमुख तथा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख पदेन सदस्य रहने गरी सञ्चालक नियुक्त गरेको थियो । सञ्चालक समितिले २०७५ सालदेखिको आन्तरिक लेखापरीक्षणको…

Read More
Main Headlines 

माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

०२ पुस, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । गत वर्षको नाफाबाट हुने बोनस वितरणपश्चात कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय कम्पनीको १ पुसमा बसेको साधारणसभाले गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख १५ हजार कायम हुने कम्पनीले जनाएको छ । सो चुक्तापुँजीको १ः०.५० को अनुपातमा हुने गरी एक अर्ब ३० करोड १३ लाख ५७ हजार…

Read More
Business Main Headlines 

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न नेपाल र चीनका निजी क्षेत्रबीच समझदारी

०२ पौष, काठमाडौँ । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । साेमबार आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ । चीनमा वार्षिक २७ लाख मेक्टिक्टन मासु आयात हुने तथ्याङ्क छ। हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा छ अर्ब लागतमा पूर्ण स्वचालित आधुनिक पशु बधशाला आउँदो छ महिनाभित्र निर्माण सम्पन्न गर्ने समझदारी बनेको छ।…

Read More