Business Share Market 

२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार

०२ वैशाख, काठमाडौं । वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८९ अंकमा कायम भएको छ । कारोबारकै क्रममा दिउँसो १ : ५४ बजे नेप्से २७०४ अंकसम्म पुगेको थियो, जुन आजको लागि अधिकतम अंक रह्यो । बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । २१२ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो । विकास बैंक र लगानी सेक्टरमा…

Read More
Banking Business 

५ रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा, हस्ताक्षर महाप्रसाद अधिकारीको

०२ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ ५ रुपैयाँ दरको नोट मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ। एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले पुरानै साइज र रङमा नयाँ नोट जारी गरिएको जानकारी गराएको हो। यो नयाँ नोटमा २०७९ सालको २२ चैतमा पदबाट बिदा भएका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ। “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ तुरुन्त पाइने छ,” भन्ने प्रतिज्ञात्मक वाक्य समेत नोटमा उल्लेख छ । यो नोट २०८२ सालको २ वैशाखदेखि प्रचलनमा आएको हो । नोटको अगाडिको भागमा बाँया पट्टि सगरमाथाको तस्बिर…

Read More
Business Gold & Silver 

सुनको भाउमा गिरावट

०२ वैशाख, काठमाडौँ । मंगलबार सुनको भाउमा गिरावट आएको छ । गत बिहीबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ मंगलबार भने घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ तोला चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा…

Read More
Agriculture Business 

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

०२ बैशाख, काठमाडौँ । लामो समयदेखि काठमाडौं उपत्यका तथा अन्य क्षेत्रको तरकारी तथा फलफूलहरुको वेचविखन गर्ने थलोको रुपमा रहदै आएको कालीमाटी बजार वि.सं. २०४३ आश्विन १५ गते देखि तत्कालिन खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत सञ्चालनमा आएको थियो । बजार सञ्चालनको क्रममा बजार आगमन र कारोबारको स्थितिमा भएको विस्तार एवं बजार प्रयोगकर्ताहरुको बढ्दो चापलाई मध्यनजर गरी नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (UNCDF) को सहयोगमा हालका अधिकांश संरचना निर्माण भएका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ…

Read More
Business 

आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

०१ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ५० पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ…

Read More
Business Share Market 

घट्यो नेप्से, बढ्यो कारोबार

३१ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ८.६२ अंक घटेको छ । यो अंकको कमीपछि नेप्से २६६२.०८ मा कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०९ प्रतिशत बढेको छ । कारोबार रकम पनि बढेको छ । आज आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर किनबेच भएको छ । गत बिहीबार ५ अर्ब ६३ करोडको कारोबार भएको थियो । बुधबार भने ४ अर्ब ४४ करोडको कारोबार भएको थियो । आज आइतबार…

Read More
Banking Business 

मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै राष्ट्र बैंक

३१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको ९७ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड…

Read More
Business Gold & Silver 

सुनको मूल्य निरन्तर बढ्दो, एक तोलाको एक लाख ८६ हजार पर्ने

३१ चैत, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य एक लाख ८६ हजार रुपैयाँ कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार रुपैयाँ बढेको हो । आज प्रतितोला चाँदीमा ५५ रुपैयाँ वृद्धि भएको छ । आज एक तोला चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

Read More
Business International 

चीनद्धारा अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा

३० चैत, काठमाडौँ । चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा १४५ प्रतिशतले वृद्धि गरेको बदलामा यो घोषणा गरेको हो । चीनले थप कर वृद्धिले अमेरिकी आयातकर्ताहरूलाई सामान किन्नको लागि कुनै आर्थिक लाभ नहुने हुँदा अमेरिकी प्रशासनले लागू गर्ने थप करहरूलाई बेवास्ता गर्नेछ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले पालैपालो अतिरिक्त कर वृद्धिको घोषणा गरी विश्वको व्यापार क्षेत्रमा अवरोध खडा गर्न थालेपछि एक सातासम्म विश्व अर्थबजारमा उथलपुथल मच्चिएपछि बेइजिङले ट्रम्पको बढ्दो झुकावलाई…

Read More
Business Main Headlines 

मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो

३० चैत, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।” हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो…

Read More