ipo Share Market 

बुङ्गल हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२६ साउन, काठमाडाैँ । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेकाे आईपीओमा स्थानीय बासिन्दाले आज अपरान्ह ५ बजेसम्म आवेदन दिने सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे थियाे, जसमा स्थानीय बासिन्दाका लागि भने आवेदन दिने अवधि थप गरेकाे थियाे । प्रयाप्त आवेदन नपरेपछि आज साउन २६ गतेसम्मका लागि अवधि थप गरिएकाे थियाे । कम्पनीले ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ…

Read More
Sports 

एनपीएलका लागि आज अक्सन हुँदै, कति खेलाडीमाथि लाग्ने छ बोली ?

२४ साउन, काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि आज अक्सन हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज दिउँसो तीन बजेदेखि खेलाडी छनोटका लागि अक्सन सुरु हुनेछ। क्यानको खेलाडी दर्तामा ४५८ जनाले नाम दर्ता गराएका थिए। एनपीएलका ८ फ्रेन्चाइच टिमले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अक्सनका लागि एक सय ५० जना खेलाडी छनोट भएका छन्। यसबाट ३७ खेलाडीमाथि बोली लाग्ने छ। खेलाडीलाई श्रेणी ‘ए’, ‘बी’ तथा ‘सी’ मा विभाजन गरिएको छ। टिमहरुले आवश्यकताअनुसार जुनसुकै ग्रेडको खेलाडी पनि खरिद गर्नसक्ने क्यानले जनाएको छ।

Read More
Main Headlines Society 

आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै

२४ साउन, काठमाडाैँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ . पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित…

Read More
Business Share Market 

सिमेन्ट कम्पनीका सेयरमा उच्च वृद्धि

०६ साउन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.७९ प्रतिशत बढ्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ४.६३ प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूहमा १० कम्पनी सूचीकृत छन् । जसमा ४ वटा सिमेन्ट कम्पनी छन् । मंगलबार सिमेन्ट कम्पनीकै सेयरमा एकाएक आकर्षण देखियो । जसले गर्दा समग्र उत्पादन समूहमा उच्च वृद्धि देखियो । सिमेन्ट कम्पनीबाहेक यस समूहका केही कम्पनीको मूल्य घटेको पनि छ । शिवम् सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेको मूल्यमा पनि कतिपयले खरिद गर्न पाएनन् । त्यस्तै सोनापुर सिमेन्टको ९.०८, सर्वोत्तमको ७.५२ र…

Read More
Business Gold & Silver 

सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि

०६ साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदी प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य…

Read More
International 

ट्रम्पको ट्यारिफ धम्कीपछि ईयूले दियो यस्तो चेतावनी

३१ असार, ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० प्रतिशत ट्यारिफ (अतिरिक्त भन्सार मसहुल) लगाउने धम्की दिएपछि युरोपेली संघ (ईयू)ले प्रतिरोधात्मक कारबाही गर्ने विचार गरिरहेको छ । ईयूका व्यापार मन्त्रीहरूले सोमबार ब्रसेल्समा बैठक बसेका थिए । यसमा सबैले अमेरिकाले ईयूबाट आउने सामानमा लगाएको ३० प्रतिशत ट्यारिफ अस्वीकार्य भएको बताए । उच्च ट्यारिफले सरकार, कम्पनीहरू, उपभोक्ताहरूमा प्रतिकूल प्रभाव पार्न सक्ने सबैको भनाइ थियो ।  ईयू अमेरिकाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो । यो विश्वको सबैभन्दा ठुलो व्यापारिक समूह पनि हो । ईयूका व्यापार प्रतिनिधि मारोस सेफकोभिकले ट्यारिफ मुद्दामा अमेरिकासँग वार्ता गरिरहेका…

Read More
ipo 

माबिलुङ इनर्जीको आईपीओमा पर्‍यो १० करोड ८६ लाख माथिको आवेदन

३१ असार, काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा १० करोड ८६ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ३१ गते) बिहान १०ः६ बजेसम्म ६३ हजार २१३ जनाले १० लाख ८६ हजार ३०० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.२१ गुणा बढी आवेदन हो । माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ५० हजार ४७१ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार…

Read More
Gold & Silver 

चाँदीको मूल्य घट्यो, सुन स्थिर

३१ असार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज स्थिर देखिएको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन । चाँदीको मूल्य भने आज ४० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँ रहेको चाँदी आज घटेर २ हजार २७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको…

Read More
Business Share Market 

सेयर बजारमा टिकेन मौद्रिक नीतिको उत्साह

३० असार, काठमाडौं । मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो दिन नेप्से २९ अंक बढ्यो । तर सो वृद्धि दुई दिन पनि टिक्न सकेन । सोमबार नै बजार ३३.०९ अंक घटेको छ । आजकोे गिरावटपछि नेप्से २७२५ मा कायम भएको छ । मौद्रिक नीतिअघि नै बजार केही अंक बढेकाले सोमबार नाफा बुक भएको पाइन्छ । १२ असारमा बजार २५९५ अंकसम्म झरेको थियो । सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडको भयो ।…

Read More
Business Gold & Silver 

सुनचाँदीको मूल्य वृद्धि, चाँदीमा नयाँ रेकर्ड

३० असार, काठमाडौं । कारोबारको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ३० रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य हालसम्मकै उच्च भई नयाँ रेकर्ड कायम गरेको हो । आइतबार…

Read More