Banking Banking Fraud Main Headlines 

कृषि विकास बैंकले डेढ करोडको जग्गा ३५ लाखमा लिलाम गरेपछि…

२६ पुस, सिरहा । करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै कृषि विकास बैंक लहान शाखाविरुद्ध स्थानीय आन्दोलित भएका छन्। उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारे। आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए। यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए। झडपमा १० जना बढी प्रहरी घाइते भएको र आन्दोलनकारीको संख्या यकिन नभएको बताए। प्रहरी प्रवक्ता पासवानका अनुसार केही…

Read More
Travels & Tourism 

उपल्लो मुस्ताङमा पर्यटक बढे

२५ पुस, काठमाडाैँ। सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएका बताउँदै सन् २०२४ मा चार हजार ६१ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका जानकारी दिनुभयो । उहाँका अनुसार सडक सञ्जाल विस्तार, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तव्यमा समेटिनु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल…

Read More
International 

चीनमा भूकम्प :  हालसम्म १२ सयभन्दा बढी परकम्प

२५ पुष, काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएको छ । सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको हो । मंगलबार बिहान बेइजिङ समय अनुसार ९ बजेर ५ मिनेट जाँदा सिजाङको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस यता सबैभन्दा ठुलो ४.४ म्याग्निच्युडको परकम्प रहेको छ । ३ म्याग्निच्युडभन्दा माथिका ३३ वटा परकम्प गएको त्यहाँको रिजनल अर्थक्वेक ब्युरोले जनाएको छ । भूकम्पमा परी १ सय २६ जनाले ज्यान गुमाएका छन् भने १ सय ८८…

Read More
Share Market 

१८.१४ अंक घट्यो सेयर बजार

२५ पुस, काठमाडाैँ। साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो ।आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको भयो । ६ कारोबार दिनपछि घटेको मौकामा कतिपय लगानीकर्ताले खरिदको अवसर ठाने । कतिपयले थप घट्ने संकेतका रुपमा बुझे । जसले गर्दा कारोबार रकम उल्लेख्य हुन पुग्यो । जम्मा ५५ कम्पनीको मूल्य बढ्दा १८० को…

Read More
International Technology 

२१ औं शताब्दीका महान वैज्ञानिक स्टिफन हकिङः प्रविधिकै कारण देखाउन पाए आफ्नो अद्भुत क्षमता

२५ पुष, काठमाडाैँ । सन् १९४२ जनवरी ८ का दिन बेलायतको अक्सफोर्डमा जन्मिएका स्टिफन ह्वकिङ आफ्नो बेलाका चर्चित वैज्ञानिक थिए । जटिल ब्रह्माण्डका रहस्य बुझाउन उनले दिएको योगदान इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । ब्ल्याक होलको खोजीका लागि गरेको योगदान र प्रतिपादन गरेको थर्मोडाइनामिक्सको सिद्धान्तले हकिङलाई प्रख्यात भौतिकशास्त्री र ब्रह्माण्डविद्का रूपमा स्थापित गरायो । उनले लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक बेस्ट सेलर बुक अफ अल टाइम बनेको थियो । यो पुस्तक दुई करोड ५० लाख प्रति भन्दा बढी बिक्री भइसकेको छ । पुस्तकमा वैज्ञानिक हकिङले समयको सुरुवात कहाँबाट…

Read More
Agriculture Main Headlines Society 

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा तरुल किन्नेको भिड

२५ पुष, काठमाडाैँ । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा कालिमाटीस्थित थोक तरकारी बजारमा अहिले तरुल किन्नेको भिड देख्न सकिन्छ । विशेषत: माघे सङ्क्रान्तिमा खाइने यो कन्दमुलको यो चाडमा माग हुने गर्दछ । व्यापारीकाअनुसार अहिले कालिमाटीमा देशका विभिन्न क्षेत्रबाट करिब एक लाख टनभन्दा बढी तरुल भित्रिएका छन् । विशेषगरी तराईका सर्लाही, नवलपरासी लगायत र पहाडी जिल्ला नुवाकोट, सिन्धुलीबाट काठमाडौंमा तरुल भित्रने गर्दछन् । तरुलको जात र प्रजातिअनुसार त्यसको भाउ रहने गरेको छ । अहिले कालीमाटीमा प्रतिढक (पाँच किलो) आकाशे तरुल रु. ५००, वन तरुल रु. ४५०, निलो तरुल रु. ४००, घर (सेतो)…

Read More
Business 

अमेरिकी डलरले आज फेरि बनायो अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड

२५ पौष, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। दुई दिनअघि कायम भएको उच्च मूल्यको रेकर्डलाई माथ गर्दै आज अमेरिकी डलर थप महँगो भएको हो। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य भने आज घटेको छ। तर, बहराइन र कुवेती दिनारसहितका केही मुद्रा भने महँगिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०६…

Read More
Banking Main Headlines 

बैंकिङ प्रणालीमा अधिक तरलताः एकैपटक ८० अर्ब खिच्दै राष्ट्र बैंक

२४ पुस, काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज पुस २४ गते फेरि बैंकिङ प्रणालीबाट एकैपटक ८० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल…

Read More
Banking Banking Fraud 

कर्जा असुली गर्दा ऋणीमाथि ज्यादती नगर्न राष्ट्र बैंकको निर्देशन

२४ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा असुली गर्दा लघुवित्त वित्तीय संस्थालाई ऋणीमाथि ज्यादती नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त सञ्चालन मार्गनिर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । योसँगै अब ऋणी समूह बैठक वा कार्यालयमा तीन पटकभन्दा बढी समय अनुपस्थित भए मात्रै लघुवित्तका कर्मचारी ऋणीको घरमा जान पाउनेछन् । अन्यथा, एकपटक किस्ता अनियमित भएमा र ऋणी बैठक वा कार्यालयमा अनुपस्थित भएकै आधारमा लघुवित्तका कर्मचारी ऋण असुलीका लागि भन्दै ऋणीको घरमा जान पाउने छैनन् । त्यस्तै, कर्जा असुलीका क्रममा लघुवित्तका कर्मचारीलाई ऋणीमाथि कुनै पनि किसिमको कठोर विधि नअपनाउन पनि…

Read More
Agriculture Business Society 

महोत्तरीका उखु किसानले पाए भुक्तानी

२४ पौष, महोत्तरी । मुलुकका विभिन्न जिल्लामा उखु किसानले भुक्तानी नपाएका खबर आइरहँदा महोत्तरीको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले भने नियमित तालिकामा भुक्तानी दिइरहेको छ । यसपालि जारी क्रसिङ सिजनमा पुस तेस्रो साताभित्रै उद्योगले पाँच पटक गरेर किसानलाई रु ४५ करोड ६४ लाख ६१ हजार भुक्तानी गरिसकेको जनाएको छ । गत मङ्सिर २६ गते उखु क्रसिङ (उखु पेल्न) थालेको उद्योगले त्यसयता शनिबारसम्म आठ लाख ४५ हजार ७० क्वीन्टल उखुको भुक्तानी दिइएको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले जानकारी दिए । यस सिजनमा उद्योगले ३५ लाख क्वीन्टल उखु क्रसिङको लक्ष्य लिएको…

Read More