Main Headlines Society 

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै

०१ माघ, काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर [माघे] सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई…

Read More
Banking Business 

माघका लागि कुन बैंकको व्याजदर कति ?

२९ पुष, काठमाडौँ । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको छ। २० बैंकहरू मध्ये २ बैंकले ब्याजदर घटाएका छन् भने १ बैैंकले बढाएको छ । अन्य वाणिज्य बैंकहरूले पुस महीनाकै ब्याजदरलाई माघ महीनामा पनि निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको…

Read More
Cooperative Main Headlines Society 

सहकारी ठगी प्रकरण: न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेसहित ३९ जनासँग बयान सुरू

२८ पौष, काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतमा बयान सुरू भएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रास्वपा सभापति लामिछाने, सहकारीका व्यवस्थापक नवीन अछामीसहित ३९ जननासँग बयान सुरू भएको हो । उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ । सो प्रकरणमा काठमाडौं प्रहरी परिसरले लामिछानेसहित ३९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने आफैँ अदालतमा उपस्थित हुनेगरी छुटेका थिए…

Read More
Main Headlines Society 

राहदानी सूचकाङ्कमा नेपाल अघिल्लो वर्षभन्दा कमजोर : सिङ्गापुर विश्वकै शीर्ष स्थानमा

२७ पुष, काठमाडौँ । नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर अघिल्लो वर्षभन्दा खस्किएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले हरेक वर्ष सार्वजनिक गर्ने राहदानी सूचकाङ्कको विश्व वरीयतामा नेपाल एक सय एकऔँ स्थानमा रहेको छ । सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा थियो । नेपालको राहदानीले भिसा बिना ३९ देशमा यात्रा गर्न सकिन्छ । छिमेकी भारतको वरियतामा पनि पाँच अङ्कले घटेको छ । यसवर्ष सन् २०२५ को सूचीमा भारत ८५ नम्बरमा छ । अघिल्लो वर्ष भारतको वरीयता ८० औँ रहेको थियो । सन् २०२५ को राहदानी सूचकाङ्कमा सिङ्गापुर विश्वमै…

Read More
Business Main Headlines Prabas 

पाँच महिनामा भित्रियो छ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स

२७ पुष, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण (रेमिट्यान्स)आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा रेमिट्यान्सआप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्सआप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष आप्रवाह २१.१ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९…

Read More
Corporate Main Headlines Technology 

एआई क्षेत्रमा लगानी गर्दै माइक्रोसफ्ट

२६ पौष, काठमाडौँ । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले हाल बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरे । टेक दिग्गजले सन् २०३० सम्ममा भारतमा एक करोड मानिसलाई एआई सीपमा तालिम दिनेछ । माइक्रोसफ्टले देशका डाटा सेन्टर क्याम्पसमा आफ्नो क्लाउड र एआई पूर्वाधार विस्तार गर्ने बताएको छ । माइक्रोसफ्टसँग पहिले नै बजारमा तीन डाटा केन्द्र क्षेत्रहरू छन् । यो लगानीले भारतको द्रुत रूपमा…

Read More
Business Corporate Technology 

बक्यौता बुझाएपछि सुबिसुले पायो पाँच वर्षका लागि लाइसेन्स

२६ पौष, काठमाडौँ । सुविसु केवलनेटलाई नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ लाइसेन्स दिएको छ । सुविसुको लाइसेन्स नवीकरण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । सुविसुले करिब ३१ करोड बक्यौता बुझाउन बाँकी थियो । उक्त रकम बुझाएपछि सुविसुको लाइसेन्स नवीकरण गरिएको हो । सुबिसुले रोयल्टी बापतको १७ करोड ४८ लाख र ग्रामीण दूरसञ्चार सेवा दस्तुरबापत १३ करोड ८९ लाख रुपैयाँ बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको छ। सुबिसुको लाइसेन्स अवधि पाँच वर्षको रहेको छ ।

Read More
Business Corporate Main Headlines 

आयल निगम १० अर्ब नाफामा

२६ पौष, काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले गत आर्थिक वर्ष ०८०\८१ मा निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए । भट्टले भने, ‘स्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था…

Read More
Banking 

एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

२६ पौष, काठमाडौँ । एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । सभाले प्रतिशेयर १०० रुपैयाँ दरले ३ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।अग्राधिकार शेयर जारीपछि पुँजी वृद्धि…

Read More
Health 

प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी

२६ पौष, काठमाडौं । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेतिथि रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरू, न्युट्रास्युटिकल्सका नाममा तथा औषधीमिश्रित सौन्दर्य प्रशाधनसमेत बिक्री भैरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ । अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा…

Read More