११४ अंक बढ्यो सेयर बजार, कारोबार दोब्बर

१५ असोज, काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो । यो वृद्धिसँगै परिसूचक २६२३ अंकमा पुगेको छ । कारोबार रकम पनि दोब्बर बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१ करोडको भयो ।

२४३ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् ।

बैंकिङ ३.८२, विकास बैंक ५.४८, फाइनान्स ९.७४, होटल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, लगानी ६.१०, जीवन बीमा ४.१२, उत्पादन २.१९, माइक्रोफाइनान्स ३.९८, निर्जीवन बीमा ३.०९, अन्य ४.६७ र व्यापार ३.९९ प्रतिशत बढे ।

यस दिन दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर तथा पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहे ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours