आईपीओ निष्काशन गर्दै स्वस्तिक लघुवित्त
१९ असार, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणको आइपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमा १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियूक्त गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।