हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

२३ वैशाख, काठमाडाैं । हिमालयन रि इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण हुने छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours