लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा
२२ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । योसहित लगातार छैटौं दिन बजार बढेको हो ।
आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४० अंक बढेसँगै २७०६ मा कायम भएको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको भयो ।
अन्य समूह आज सबैभन्दा धेरै ३.०६ प्रतिशत बढ्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रिको मूल्य उच्च दरले बढ्दा यो समूहमा उल्लेख्य वृद्धि देखियो । त्यस्तै फाइनान्स २.४९ प्रतिशत बढ्यो । बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३ तथा व्यापार ०.८२ प्रतिशत बढे ।
विकास बैंक १.५३, होटल तथा पर्यटन ०.२५, हाइड्रोपावर १.०५, जीवन बीमा १.३०, माइक्रोफाइनान्स ०.०६ तथा निर्जीवन बीमा ०.५१ प्रतिशत घटे । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.७०, अपरहेवाखोला हाइड्रोपावरको ५.१८ तथा जानाकी फाइनान्सको ४.९१ प्रतिशत बढ्यो ।
ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ८.५८ प्रतिशत घट्यो । सिन्धु विकासको ५.८१, खानीखोला हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, लक्ष्मी सनराइज बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि छन् ।