Business Share Market 

सेयर बजार ४ अंक बढ्यो, २ जलविद्युत् कम्पनीमा सकारात्मक सर्किट

०९ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार ४ अंकको सुधार आएको छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो । सोमबार नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने कमी आएको छ । कारोबार सुरु हुँदा २५९५.९७ अंकमा रहेको नेप्से बन्द हुँदा ४.७८ अंकले बढेर २६००.७६ अंकमा पुगेको छ । सोमबार नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सोमबार जोशी हाइड्रो कम्पनी र पञ्चकन्या माई हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तर, गुँरास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ…

Read More
Business Share Market 

प्रभु इन्स्योरेन्सले १८ प्रतिशतका दरले बोनस दिने

०९ असार, काठमाडौँ । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असार ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा बोनस शेयर वितरण गरिनेछ ।

Read More
Business Gold & Silver 

सोमबार सुनचाँदीको भाउ कति ?

०९ असार, काठमाडौं। साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको भाउ १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ सोमबार स्थिर बनेको हो । आइतबार ५०० रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही भाउमा कारोबार भइरहेको छ । त्यसैगरी, सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने…

Read More