Business Gold & Silver 

सुनचाँदीको भाउ घट्न थाल्यो

०६ असार, काठमाडौँ । सुनचाँदीको भाउ लगातार दोस्रो दिन गिरावट आएको छ । शुक्रबार सुन तोलामा ८०० रुपैयाँ तथा चाँदी तोलामा ५० रुपैयाँले घटेको हो ।

बिहीबारदेखि सुनचाँदीकोे भाउमा गिरावट आएको हो । बिहीबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्र अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५५.४४ अमेरिकी डलर र चाँदी ३५.८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment