Automobiles 

लक्जरी ईभीको नयाँ लाइनअपसँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

०३ असार, काठमाडौँ । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिलमा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (न्यु इनर्जी भेइकल) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेको छ । कम्पनीले अप्रिलमा ३१ हजार ४८८ वटा न्यू इनर्जी भेइकल बिक्री गर्यो । जुन अघिल्लो वर्षको सो अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत पुनरागमनको संकेत गर्दछ ।

चोंगकिंगलियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माता कम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको एनइभी बजारमा बलियो उपस्थिती बनाएको छ । यसको प्रमुख मोडल एम९ मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ । यो मोडलले पहिले बीएमडब्लु, मर्सिडीज–बेन्ज, आदि जस्ता लक्जरी इन्धनगाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ । एम९ ले ५ लाख युआन (लगभग ६९,४३५ अमेरिकीडलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिनासम्म चीनको सेल्स चार्टमा अग्रस्थान कायम राखेको छ ।

सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँमोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसनसँग जोडेर हेरेका थिए । मार्चमा अपडेट गरिएको एम९ को सार्वजनिक वितरणर अप्रिलमा एम८ को सुरुवातसँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको छ ।

बिक्रीको तथ्यांक अनुसार, जनवरीमा बिक्री १२ हजार ४८३ युनिट थियो । जुन मार्चमा घटेर ५ हजार २३६ मा झर्यो। तर एम९ को २०२५ संस्करणको पहिलोपूर्ण वितरण महिना अप्रिलमा यो पुनःबढेर १३ हजार १४९ युनिट पुगेको छ ।

अप्रिल १६ मा सार्वजनिक गरिएको एम८, एम७ र एम९ को बीचको मोडल हो । यसको मूल्य ३ लाख ५९ हजार ८०० युआन देखि ४ लाख ४९ हजार ८०० युआनसम्म तोकिएको छ ।

Related posts

Leave a Comment