Business Gold & Silver 

लगातार ३ दिन घटेको सुनको भाउ बुधबार महँगीयो

२८ जेठ, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार, सोमबार र मंगलबार लगातार ३ दिन घटेको सुनको भाउ बुधबार भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार शुक्रबारको तुलनामा ३ हजार रुपैयाँले घटेको थियो । त्यस्तै सोमबार १०० रुपैयाँ र मंगलबार ६०० रुपैयाँले घटेको सुन बुधबार एकैदिन १ हजार ३०० रुपैयाँले बढेको हो ।

बुधबार सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य मंगलबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३४०.५५ अमेरिकी डलर र चाँदी ३६.६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment